त्रिविका रेक्टर भुसाललाई ५ हजार जरिवाना गर्ने आयोगको निर्णय
त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिलवाल भुसाललाई राष्ट्रिय सूचना आयोगले कारवाही गरेको छ । शिक्षाध्यक्ष भुसाल ‘जिम्मेवारी पालनामा गैरजिम्मेवार रहेको’ ठहर गर्दै आयोगले उनलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो ।
सूचना आयोगले स्नातकोत्तर तह, भौतिकशास्त्र प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्सको ०७५ पुस २९ मा संचालन भएको परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका ‘संरक्षण गर्नु’ भन्ने निर्देशन दिएको थियो । त्रिविका विद्यार्थी आशिष पौडेलले दिएको उजुरीका आधारमा आयोगले सो निर्देशन दिएको हो ।
०७६ असोज १४ मा आयोगले दिएको निर्देशनको वेवास्ता गरेर अभिलेख धुल्याएपछि जवाफ दिएको भन्दै आयोगले सूचनाको हक सम्बन्धी ऐन–०६४ को दफा २८ अनुसार कारवाही गर्ने निर्णय गरेको हो । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ र अन्य दुईजना आयुक्तले सो निर्णय गरेका हुन् ।
डा. भुसालसँग जरिवाना असुल गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई आयोगको बैठकले निर्देशन दिएको छ ।
त्रिभुवन विश्वविद्यालयको कानुन अनुसार अब प्रा.डा. भुषालमाथि नैतिक र कानुनी प्रश्न उठेको छ । संवैधानिक आयोगले ‘गैरजिम्मेवार’ ठहर गरेको व्यक्ति उच्च नैतिकता देखाउनेपर्ने ठाउँमा बस्न मिल्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने