मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मङ्गलबार, ३० मङ्सिर २०७७, १० : ०६
मङ्गलबार, ३० मङ्सिर २०७७

बुटवल । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा गएराति मोटरसाइकल चालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय दाडका अनुसार दाडको राप्ती गाउँपालिका वडा नं. ८ बिजौरीमा भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडी  ठोक्किदा राप्ती गाउँपालिका वडा नं. ७ निवासी २७ वर्षिय अनिल चौधरीको ज्यान गएको छ ।

उपचारको लागी लमही ल्याउँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप