मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मित्र नारायणकाजीको नाममा

मङ्गलबार, ३० मङ्सिर २०७७, ०९ : ००
मङ्गलबार, ३० मङ्सिर २०७७

साधारणतया व्यक्ति हिंसा र चरित्रहत्याको मुख्य कारण तीन ‘एल’ लेडी, ल्यान्ड र लिडरसिपमा आधारित हुन्छन् । यी मध्ये पहिलो ‘एल’ महिलासम्बन्धी दोस्रो ‘एल’ जग्गा, जमिन, सम्पत्तिसम्बन्धी र तेस्रो ‘एल’ राजनीति र सत्ता सम्बन्धी कारण पर्छन् । विकसित मुलुकका राजनीतिमा व्यक्ति हिंसाभन्दा चरित्र हत्याको डरले त्यहाँका जनप्रतिनिधि निष्ठावान र इमानदार भएर सुरक्षित रहन चाहन्छन् । कतिपय विकासोन्मुख मुलुकमा भने राजनीतिक शक्ति प्राप्त गर्न हिंसा र हत्याका घटना अभैm पनि हुनेगर्छन् । त्यसैले ती मुलुकका जनप्रतिनिधि सुरक्षाकर्मीका घेराभित्र सुरक्षित रहन चाहन्छन् । 

सार्क राष्ट्रहरुको इतिहास हेर्दा राजनीतिक सत्ताको लडाइँमा धेरै ठूला नेताले ज्यान गुमाउनु परेको छ । यी मुलुकमा चुनावको समयमा दल बीच शक्ति प्रदर्शन, मारपिट र व्यक्ति हत्याका घटना धेरै सुनिन्छन्, देखिन्छन् । अहिले आयर गणतन्त्र नेपालमा व्यक्ति हत्याको राजनीति होइन, चरित्र हत्याको राजनीति भने सुरु भएको देखिन्छ । अर्कोतिर यदि राजनीतिक रूपमा शक्तिवान हुने इच्छा छ भने सर्वप्रथम सबै खाले सञ्चार माध्यम आप्mनो अधीनमा भएपछि जस्तोसुकै लडाइँमा विजय हासिल गर्न सकिन्छ भन्ने सोचको विकास पनि भएको छ ।

नेपालको इतिहासमा राणा कालमा राजनीतिक षड्यन्त्र र हत्याले ठूलो स्थान पाएको थियो । त्यसैले एक समूहले अर्को समूहलाई समाप्त गर्न खेल खेल्दाखेल्दै सबै राणा समाप्त भए । अहिले देशको राजनीति त्यही मोडमा पुगेको छ ।

विगतमा शक्तिशाली राष्ट्रहरु सम्मिलित भएका लडाइँहरुमा कुनै देश देशमाथि विजय प्राप्त गर्न लडाइँ सुरु हुनुभन्दा पहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनएन, बीबीसी, फक्स न्युज जस्ता सञ्चार माध्यमलाई आप्mनो प्रभावमा पारी एकतर्फी समाचार प्रसारण गर्ने गरेका उदाहरण प्रशस्त छन् । सत्ता र शक्ति प्राप्त गर्नलाई सञ्चार माध्यमको मुख्य भूमिका देखेर केही वर्षदेखि भारतीय जनता पार्टीले पनि मोदी मिडिया नै खडा गरी छिमेकी राष्ट्रदेखि आप्mनै देशभित्र प्रतिपक्ष पार्टीका नेताहरुप्रति विष बमन गरेका हामीले देखिराखेका छौँ । अहिले मोदी मिडियाको रोग नेपालमा पनि भित्रिएको देखिन्छ । उदाहरणका लागि ओली मिडिया, प्रचण्ड मिडिया, देउवा मिडिया, राजा मिडिया आदि । जब–जब देशमा राजनीतिक र सत्ता परिवर्तको खेल हुन थाल्छ वा संविधानिक नियुक्ति, राजनीतिक नियुक्तिको कुरा आउँछ, यी मिडिया जुरमुराउन थाल्छन् र आफ्नो लक्ष्य प्राप्त गर्न एकअर्काको चरित्र हत्याको खेल सुरु हुन्छ । 

नेपालको इतिहासमा राणा कालमा राजनीतिक षड्यन्त्र र हत्याले ठूलो स्थान पाएको थियो । त्यसैले एक समूहले अर्को समूहलाई समाप्त गर्न खेल खेल्दाखेल्दै सबै राणा समाप्त भए । अहिले देशको राजनीति त्यही मोडमा पुगेको छ । नेकपाभित्रको शक्ति सङ्घर्ष र चरित्र हत्याको खेलले आपूm त समाप्त हुन्छन् नै साथसाथै गणतन्त्रलाई पनि खाल्टोमा हाल्ने परिस्थिति सिर्जना गर्दैछ ।

हुन त मानिसको चरित्र र आर्थिक कारोवार यस्तो विषय हो जहाँ जोकसैले नैतिकताको प्रश्न उठायो भने पनि धेरैले विश्वास गर्दछन् । त्यसैले कसैमाथि नकारात्मक टिप्पणी गर्नुभन्दा पहिले विषय वस्तुको अध्ययन गरेर मात्र गर्नु भन्ने छ । तर हाम्रो सामाजिक सञ्चालनमा भने सत्ता बचाउने वा ढाल्ने खालका हल्का टीकाटिप्पणी जताततै छरपष्ट भेटिन्छन् । कसैको विगतको राम्रा कामको मूल्याङ्कन भुलेर, फटाफट नकरात्मक टिप्पणी गर्न हामी पछि पर्दैनौँ ।

छिमेकी मुलुक र आफ्नै देशमा घटेका सामाजिक घट्ना सञ्चार माध्यम र सामाजिक सञ्जालमा  प्रकाशित खबरले बाबु र छोरी, दाइ र बहिनीको मायालाई पनि शङ्काको दृष्टिकोणले हेर्न थालिसक्यो भने नारायणकाजीको सम्बन्धको को त के कुरा । जबसम्म दुवै पक्षलाई कुनै आपत्ति छैन भने तेस्रो पक्षले चेवाचर्चाको अस्त्रको विकास गर्नु आवश्यक देखिँदैन किनकि त्यो अस्त्र भविष्यमा आफै र आफ्नो परिवारमा प्रयोग हुन सक्छ । त्यसैले कसैको व्यक्तिगत जीवनका क्रियाकलपालाई राजनीतिक अस्त्रका रूपमा प्रयोगमा ल्याउने परिपाटी वा षड्यन्त्रको अन्त्य हुनुपर्छ । नत्र धमिलो राजनीतिभित्र पार्टीको झण्डामुनि गुट अपगुटले कसैको चरित्र हत्या गरी शक्तिशाली बन्ने दौडमाथि रोक लागेन भने राजनीतिक दुघर्टना हुने सङ्केत देखिएको छ । जसले गर्दा व्यवस्था माथि नै प्रश्न खडा हुनेछ । 

सञ्चारकर्मीले सहभागी अर्जेन्टेनियनलाई म्यारोडोनाको बारेमा सोधेका थिए । धेरै नागरिकले भने उहाँको व्यक्तिगत जीवनसँग हाम्रो सरोकार छैन तर उहाँले हामी र हाम्रो देशलाई संसारमा परिचित गराउनु भएको कुरामा हामी गौरव गर्छौं । त्यसैले सोच बदलौँ तब मात्र समस्याको समाधान निस्किन्छ । 

केही हप्ता पहिले प्रसिद्ध फुटबल खेलाडी म्यारोडोनाको अल्प आयुमा मृत्यु भयो । मृत्यु हुनुको धेरै कारणमध्ये केही उहाँको व्यक्तिगत जीवन र बानी बेहोरासँग सम्बन्धित थिए । अर्जेन्टिनामा उहाँको अत्येष्टिमा हजारौँ नागरिकहरु सहभागी थिए । सञ्चारकर्मीले सहभागी अर्जेन्टेनियनलाई म्यारोडोनाको बारेमा सोधेका थिए । धेरै नागरिकले भने उहाँको व्यक्तिगत जीवनसँग हाम्रो सरोकार छैन तर उहाँले हामी र हाम्रो देशलाई संसारमा परिचित गराउनु भएको कुरामा हामी गौरव गर्छौं । त्यसैले सोच बदलौँ तब मात्र समस्याको समाधान निस्किन्छ । 

सामान्यतया सिकिस्त बिरामी व्यक्तिले मृत्यु पूर्व केही तथ्य वा कानुनी प्रमाण दिन चाहेमा वा जरुरत परेमा चिकित्सकले बयान दिन सक्षम छ भनेर पुष्टि गरेपछि वकिल, पुलिस र चिकित्सकको रोहबरमा बयान दिने वा लिने गरिन्छ । बिरामीले बयान दिने बेलामा दिमागलाई  लट्ठ पार्ने औषधि प्रयोग गरेको हुनुहुँदैन, बिरामी पूरा सचेत हुुनपर्छ । शरीरमा अक्सिजन र अन्य आवश्यक तत्त्वकोे मात्रा ठीक हुनुपर्छ । तर कोभिड १९ बाट सङ्क्रमित भई आईसीयूमा उपचारत व्यक्तिले मृत्यु हुनुभन्दा अगाडि फेसबुकमा राखिएको त्यति लामो स्टाटस लेख्नको लागि उहाँको स्वास्थ्यको अवस्था ठीक थियो कि थिएन भन्ने गम्भीर प्रश्न खडा हुन आउँछ । त्यसैलाई आधार बनाएर कसैको चरित्र हत्या गरिनु सही हो वा होइन यसमा सम्बन्धित सबैको ध्यान पुगोस् । त्यसैले उहाँको उपचारमा चलाइएका औषधि र उपचार विधिबारे जानकारी लिनुको साथै भेटघाट र मोबाइलको कल डिटेल माथि छानबिन गरिनु पनि जरुरी छ । कसैको जीवनभरको राजनीतिक इतिहासलाई एउटा आधा अधुरो तथ्यको आडमा समाप्त गर्ने षड्यन्त्र जायज हो कि होइन, सोचौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
लेखकबाट थप