किन जनावरहरु लामो यात्रा गर्ने गर्छन् ?
तपाईं–हामी धेरैले गौँथली देखेका छौँ, चिनेका छौं । धेरैले याद पनि गर्नु भएको छ होला– यो चरा केही समयको लागि मात्र देखिने गर्छ र पछि आफैं हराएर जाने गर्छ । किन यो चरा केही समयको लागि मात्र देखिने गर्छ ? अरु बेला यो चरा कहाँ जान्छ त ? तपाईं–हामीमध्ये धेरैको मनमा यो प्रश्न स्वभाविक रुपमा उठ्ने गर्छ ।
वास्तवमा संसारमा यस्ता धेरै प्राणीहरू छन्, जो केही समयको लागि मात्र एक ठाँउमा बस्ने गर्छन् । यिनीहरू एक ठाउँबाट अर्को ठाउँ यात्रा गरिरहेका हुन्छन् । विशेष गरेर यिनीहरू एउटा समूह बनाएर लामो यात्रा गर्ने गर्छन् । कोही खानाको खोजीमा यात्रा गर्ने गर्छन्, कोही जाडोबाट बच्नका लागि यात्रा गर्ने गर्छन् । माछाहरू भने आफ्नो बच्चा जन्माउनका लागि पनि सफा पानीको खोजीमा यात्रा गर्ने गर्छन् ।
एक अध्ययनअनुसार उनीहरू बसिरहेको ठाँउमा दिन कम हुने भएकोले उनीहरू यात्रा गर्ने गर्छन् । विषेश गरेर भूमध्यरेखामा दिन केवल बाह्र घन्टा मात्र हुने भएकोले त्यहाँ बस्ने चराहरू अरु ठाँउमा यात्रा गर्ने गर्छन् । भूमध्यरेखाभन्दा माथि गर्मीको बेला दिनको लम्बाई करिब १४ देखि १६ घन्टासम्म हुने गर्छ ।
अर्को एक अध्ययनका अनुसार ध्रुवीय क्षेत्रमा बस्ने चराहरू भने चिसो मौसममा अत्यन्त जाडो हुने भएकोले न्यानो ठाँउको खोजीमा यात्रा गर्ने गर्छन् । यसरी विभिन्न चराहरूको यात्रा गर्नुको उद्देश्य र कारणहरू फरक फरक हुने गरेको छ ।
जनावरहरू पनि मौसम अनुसार वासस्थान र खानाको खोजीमा बसाइँसराइ गर्ने गर्छन् । त्यसै गरी, माथि पनि भनियो, माछाहरू पनि बसाइँसराइ गर्ने गर्छन् । तर जनावरभन्दा पनि धेरै बसाइसराइ गर्ने जीवमा चाहिँ चराहरू नै पर्दछन् ।
त्यसरी एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गर्दा उनीहरू सँधै एकै बाटोमा यात्रा गर्ने गर्छन् । यात्रा गर्दा यिनीहरूले आफ्नो गन्तव्यको दिशा कसरी पत्ता लगाउँछन् भन्नेबारे धेरै वैज्ञानिक अध्ययनहरू भएका छन् । ती अध्ययनहरूबाट पत्ता लागेअनुसार चराहरू दिनमा सूर्यको मद्दतले बाटो पत्ता लगाउँछन् । रातमा भने ताराको मद्दत लिने गर्छन् । यति मात्र होइन, उनीहरू हावाको बहावको मद्दतले पनि आफ्नो वासस्थान पत्ता लगाउने गर्छन् ।
वैज्ञानिकहरू अझै पनि यसबारे सही र ठोस तथ्य थाहा पाउन विस्तृत रुपमा अध्ययन गरिरहेका छन् ।
त्यसरी लामो यात्रा गर्ने केही प्राणीहरूका बारे केही तथ्य यहाँ प्रस्तुत गरिएकोछ :
उडेर यात्रा गर्ने
जीव – दूरी – यात्रा गर्ने ठाउँ
कुकु – ८,००० माइल – युरोपदेखि दक्षिण धुव्र
गौँथली – १४,००० माइल – युरोपदेखि अफ्रिका र एसिया
पुतली – २,००० माइल – क्यानाडादेखि क्यालिफोर्निया
पौडेर यात्रा गर्ने
जीव – दूरी – यात्रा गर्ने ठाउँ
सालमोन – ४,००० माइल – उत्तरी युरोप र अमेरिकादेखि आन्ध्र महासागर
इल – ६,००० माइल – सारगासा समुद्रदेखि युरोप र उत्तर उत्तरी युरोप
व्हेल – ८,००० माइल – हिन्द महासागरदेखि आन्ध्र महासागर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवाहरूलाई खुसीकासाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा हो : महामन्त्री थापा
-
विभिन्न महासन्धिहरू अनुमोदनको प्रक्रिया अगाडि बढाउन सिफारिस
-
व्यवसायी लामालाई आक्रमण गर्ने पाँचौँ आरोपी पक्राउ
-
अख्तियारलाई हर्क सापाङले फर्काए पत्र, यस्तो छ जवाफ
-
राष्ट्रिय परिचयपत्र विवाद : बहस सकियो, फैसलाको पर्खाइ
-
प्रधानमन्त्री ओलीले लिए खानेपानी मन्त्रालयको ब्रिफिङ