
ADVERTISEMENT
विश्वभर गुगल सेवा अवरुद्ध

file photo
एजेन्सी । विश्वभर गुगल सेवामा अवरुद्ध भएको छ । सोमबार साँझ ५ बजेर २६ मिनेट जाँदा गुगल सेवा अवरुद्ध भएको हो । गुगलमा अवरोध आएलगत्तै जीमेल, युट्युव लगायतका सेवा प्रभावित भएका छन् । यद्यपि, गुगलले भने उक्त समस्याका बारेमा टिपणी गरिसकेको छैन ।
बेलायतको मिरर अखबारका अनुसार संसारभरका ५४ प्रतिशत मानिसहरुले युट्युब प्रयोग गर्नबाट प्रभावित भएका छन् भने ४२ प्रतिशत व्यक्ति भिडियो चलाउनबाट बञ्चित भएका छन् । योसँगै ७५ प्रतिशत जीमेलका प्रयोगकर्ताहरु प्रभावित भएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ