बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

कारोनाविरुद्धको खोप ल्याउन स्वास्थ्य मन्त्रालयमा छलफल

सोमबार, २९ मङ्सिर २०७७, १५ : ५४
सोमबार, २९ मङ्सिर २०७७

सरकार कोरोना भाइरसविरुद्धको खोप ल्याउनका लागि छलफलमा जुटेको छ । कोरोनाविरुद्धको खोप सरकारी वा निजी क्षेत्रमध्ये कसले ल्याउने, खोप आएपछि कसरी व्यवस्थापन गर्ने, खोप लगाएपछि साइड इफेक्ट भएमा को जिम्मेवार हुने लगायतका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छलफल भइरहेको हो । 

कोरोनाविरुद्धको खोप नयाँ भएकाले त्यसको साइड इफेक्ट देखिएर गम्भीर समस्या सृजना हुन सक्ने भएकाले खोप खरिद गर्दा सही निर्णय गरेर मात्रै आयत गर्नुपर्ने छलफलमा विज्ञहरुले सुझाव दिएका छन् । 
नेपालमा करिब ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप चाहिने अनुमान गरिएको छ । २० प्रतिशत खोप कोभ्याक्सले उपलब्ध गराउने भएको छ । त्यसबाहेक ५२ प्रतिशत खोप नेपाल आफैले खरिद गर्नुपर्छ । 
नेपालको भण्डारण गर्ने क्षमताको आधारमा खोप खरिद गर्न सकेमा राम्रो हुने खोप विज्ञ तथा खोप सल्लाहकार समितिका संयोजक डा.श्यामराज उप्रेतीले बताए । 

कोभ्याक्सबाट आउने खोप र नेपाल आफैले खरिद गर्ने खोपमा एकरुपता भएमा नेपालमा लागि धेरै राम्रो हुने उनको भनाइ छ । 

यस्तै सरकारले कोभिड खोपका लागि तयारी गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा सचिवालय बनाई  विभिन्न ८ समिति समेत गठन गरेको छ ।   

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप