आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

नेपाली कांग्रेसद्वारा नवलपरासीमा पनि सरकारविरुद्ध विरोध प्रदर्शन

सोमबार, २९ मङ्सिर २०७७, १५ : ४९
सोमबार, २९ मङ्सिर २०७७

नवलपरासीमा पनि नेपाली काँग्रेसको सरकारविरोधी प्रदर्शन भएको छ । काँग्रेस जिल्ला कार्यसमितिले पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्लामा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

पार्टीका जिल्ला सभापति विष्णु पौडेलकोको संयोजकत्वमा पार्टी कार्यालयबाट निक्लेको वृहद विरोध ¥याली मालटोल, जिल्ला अदालत, बुद्धचोक, जिल्ला प्रशासन कार्यालय हुँदै बुद्धचोक स्थित कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा जिल्लादेखि केन्द्रका नेताहरुको सहभागिता रहेको थियो भने पार्टीका विभिन्न भातृत्व संघ संगठन र पार्टीका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सरकार विरुद्ध विभिन्न नाराबाजी गर्दै निक्लेको विरोध ¥यालीमा सयौंको सहभागिता रहेको थियो ।

प्रदर्शनपछि गरिएको कोणसभामा नेपाली कांग्रेसका केन्द्रिंय सदस्य एवं प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कँडेल, संविधान सभा सदस्यद्वय नेता देवकरण जयसवाल, विक्रम खनाल, प्रदेश सभा सदस्य नेता बैजनाथ जयसवाल, पार्टीका जिल्ला उपसभापति अर्जुन कुमार पोख्रेललगायतले नेकपा सरकार भ्रष्टचार र अनियमिततामा लिप्त भएको आरोप लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप