शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारविरुद्ध काँग्रेस सडकमा, तस्बिरमा हेर्नुहोस् काठमाडौंको शक्ति प्रदर्शन

सोमबार, २९ मङ्सिर २०७७, १५ : ०६
सोमबार, २९ मङ्सिर २०७७

नेपाली काँग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । 
जसअनुसार काँग्रेसले कोरोना महामारीका बीच संघीय राजधानी काठमाडौंमा पनि शक्ति प्रदर्शन गरेको छ । 

काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कस्तित शान्तिबाटिकामा वृहद सभाको आयोजना गरिएको थियो । 

सभाअघि काठमाडौं क्षेत्र नम्बर १ को भृकुटीमण्डपबाट जुलुस निकालियो  भने क्षेत्र नम्बर २,३ र ४ ले पुतलीसडकबाट, क्षेत्र नम्बर ५,६ र ७ लैनचौरबाट, क्षेत्र नम्बर ८ ले बसन्तपुर तथा ९ र १० ले सहिदगेटबाट जुलुस निकालेका थियो । 

जुलुस रत्नपार्कमा जम्मा भएर बागबजार, पुतलीसडक, कमलादी हुँदै पुनः रत्नपार्कको शान्तिबाटीकामा पुगेर सभामा परिणत भएको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप