सबै वडा, एकै बजेटः उस्तै भवन
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हरेक वडामा एकै किसिमका वडा कार्यालय भवन निर्माण शुरुआत गरेको छ । हालसम्म साविकको गाविसको पुरानो भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । ती वडा कार्यालयलाई पक्की भवनमा सार्ने लक्ष्यका साथ नगरपालिकाले १५ वडामध्ये ११ मा ‘एकै बजेट र एकै किसिम’का भवन निर्माण अभियान शुरु गरेको हो ।
वडा नं १३ नूनथलाको वडा कार्यालयको भवन शुक्रबार र वडा नं १२ जालपाको नवनिर्मित वडा कार्यालय भवन शनिबार हस्तान्तरण गरिएको छ । निर्माण कम्पनीले सम्पूर्ण काम सम्पन्न गरेपछि नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले ती वडा कार्यालय भवन उद्घाटन गरेका छन् ।
करिब १०० जना अट्ने सभाकक्ष तथा वडाध्यक्ष, वडा सचिव र वडा कार्यसमितिका सदस्य बस्ने चारकोठे भवन निर्माण गरिएको छ । निर्माण कम्पनीले नगरपालिकालाई भवन हस्तान्तरण गरेलगत्तै वडा कार्यालयलाई हस्तान्तरण गरिएका छन् । नाछिरिङ कन्स्ट्रक्शनले आगामी पुस मसान्तसम्ममा पूरा गर्नुपर्ने भवन समय अगावै पूरा गरेको जालपाका वडाध्यक्ष विकास राईले जानकारी दिए ।
पाँच वर्षे आवधिक योजनामा उल्लेख भएको लक्ष्य अनुसार हरेक वडाको आफ्नै पक्की भवन निर्माणको काम अघि बढाइएको थियो । पक्की भवन निर्माण भएपछि वडा कार्यालयको सेवा प्रवाहमासमेत सहज भएको बताइएको छ ।
नगरपालिकाका बाँकी नौ वडामा पनि वडा कार्यालय भवन निर्माण धमाधम भइरहेको नगरप्रमुख रिजालले जानकारी दिनुभयो । तीमध्ये वडा नं १ दिक्तेल र वडा नं ४ खाल्लेको भवन निर्माणको काम भने अन्यको तुलनामा सुस्त देखिएको नगरपालिकाले जनाएकोे छ ।
नगरपालिकाका अनुसार आगामी पुस मसान्तसम्ममा सबै वडाको कार्यालय भवन निर्माण पूरा गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता छ । सुविधा सम्पन्न र व्यवस्थित भवन नभएका वडामा भवन निर्माणका लागि नगरपालिकाले प्रतिवडा रु ६५ लाखका दरले बजेट विनियोजन गरेको थियो ।
कतिपय भवन सोभन्दा कम बजेटमा निर्माण भइरहेको जनाइएको छ । जालपाको भवन रु ४७ लाखमै बनेको वडाध्यक्ष राईले बताउनुभयो । वडा नं ३ बाम्राङ, वडा नं ५ लफ्याङ, वडा नं ६ नेर्पा र वडा नं १४ बुइपामा भने पहिल्यै सुविधा सम्पन्नका भइ सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपकरण मर्मतमा ढिलाइ हुदाँ अझै सुरु हुन सकेन सिमेन्ट उत्पादन
-
के लिंग परिवर्तन गर्नु मानसिक रोग हो ?
-
पाठेघरको क्यान्सरविरुद्ध खोप लगाउने स्वास्थ्य मन्त्रालयको निर्णय
-
१२ बजे, १२ समाचार : 'भेडाझैँ भ्या-भ्या नगर्ने प्रचण्डको भनाइ' देखि 'डिभोर्स नक्कली नभएको धनराजको बयान' सम्म
-
खानेपानी योजना सञ्चालन गर्न आर्थिक सहयोग सङ्कलन
-
मन्त्री भण्डारीद्वारा आयल निगमको निरीक्षण