शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोटोरोलाको नेपाल पुनरागमनः मोटो जी नाइन प्ले र मोटो ई सेभेन प्लस सार्वजनिक

सोमबार, २९ मङ्सिर २०७७, १२ : ५२
सोमबार, २९ मङ्सिर २०७७

काठमाडौं । आफ्ना स्थापित जी र ई वर्गबाट दुईवटा नवीनतम र अत्यन्त लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथ मोटोरालाले आज नेपालमा पुनरागमनको घोषणा गरेको छ । 

मोटोरोलाको नेपालमा पुनरागमन आफ्नो राष्ट्रिय वितरक कल मोबिलिटीको साथमा भएको छ, जसको एउटा रोचक र साझा इतिहास छ । सन् २००७ मा कल मोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सी सिरिज जस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो । 

नेपालमा यी मोडलहरू अत्यन्त लोकप्रिय थिए र बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोला मोबाइलका ब्राण्डहरूमा नेपालमा अग्रणी ब्राण्डका रुपमा रहि रह्यो । मोटोरोला कल मोबिलिटीको समूहसँग सहकार्य गरेर आएको छ । 

विश्वव्यापी रुपमा नै मोटोरोलाका ई र जी अति लोकप्रिय उत्पादनहरू हुन् । जसमा सन् २०१९ सम्ममा जी वर्गको विक्री मात्र नै १० करोडभन्दा धेरै भएको छ । ई वर्गले ती ग्राहकलाई केन्द्रित गर्दछ जो आफ्नो वर्गमा विशेषतामा उत्तम भएको अझ नयाँ जीवनशैलीमा स्तरोन्नति गर्न खोज्दैछन् ।

त्यस्तै, जीका उप्तादनहरू ‘सबैका लागि अधिकतम लाभ’ को वाचा सहित आउँछ जसले उपभोक्ताहरूको ठूलो जमातलाई बढेको अनुभव प्राप्त होस् भनेर प्रिमियम विशेषताहरूको प्रजातन्त्रीकरणको तात्पर्य राख्दछ । 

मोटो जी प्ले कार्यप्रदर्शन, क्यामरा, ब्याट्री र अन्य धेरैथोकमा एउटा शक्तिशाली फड्को हो । सबैका माझ सामर्थ प्रवाह गर्ने गरि डिजाइन गरिएको नयाँ मोटो जी उपकरणले आफूलाई चाहिने सबैथोक एउटा उत्पादनमा राखेर प्रयोगकर्ताको अनुभवलाई अर्को उचाईमा पु¥याउँदछ । 

पूर्ण रुपमा नयाँ मोटो जी नाइन प्लेको आफ्नो वर्गमा उत्कृष्ट समग्र अनुभव छ, एउटा अत्यन्त(चाडो काम गर्ने र भर्खरको क्वालकम स्न्यापड्रागन टीएम ६६२ चिप्सेट, एउटा ४८ एमपीको प्राइमरी सेन्सर ट्रिपल क्यामरा प्रणाली एफर१.७ एपेर्चर भएको आफ्नो वर्गको अग्रणी मानिएको छ । २० वाटको टर्बोपावर टीएम चार्जिङ भएको एउटा शक्तिशाली ५०००० एमएएच ब्याट्री जुन दुई दिनसम्म टिक्छ । नियर(स्टक एन्ड्रोइड अनूभवकासाथ यो फोनको मूल्य केवल १९ हजार नौं सय ९० रुपैयाँ मूल्य तोकिएको छ ।  

मोटो इ सेभेन प्लस नाइट भिजन प्रविधिका साथ आफ्नो वर्गमा उत्कृष्ट ४८ एमपी एफ र१.७ प्राथमिक शुटर सहितको छ । यसका अतिरिक्त, यसले यस समूहमा अग्रणी विशेषताहरू प्रदान गर्दछ नवीनतम स्न्यापड्«यागन प्रोसेसर, शक्तिशाली ब्याट्री, म्याक्स भिजन एचडी डिस्प्ले र मोटोरोलाकै आफ्नो स्टक एन्ड्रोइड अनुभवका साथ १६ हजार पाँच सय ९० मूल्य तोकिएको छ ।  

मोटोरोला –भारत र सार्क राष्ट्रका प्रवन्ध निर्देशक प्रशान्त मणिले भने, “हामी नेपालमा हाम्रा नवीनतम र आफ्ना वर्गमा उत्कृष्ट, मोटो जी नाइन प्ले र मोटो ई सेभेन प्लस स्मार्टफोनका साथ पुनरागमन गर्न पाउँदा हर्षित छौं । गुणस्तरका लागि ख्यातिप्राप्त र भिन्न, स्वच्छ र स्टक एन्ड्रोइड अनुभवका साथ रहेर उपभोक्ताका लागि अर्थपूर्ण नवीनताका साथ प्रस्तुत हुने एउटा सशक्त विश्वव्यापी ब्राण्ड भएकाले हामी विश्वस्त छौं कि हाम्रा उत्पादनहरूले नेपाली उपभोक्ताहरूलाई खुशी पार्न सक्नेछन् ।”

वारेन्टीका शर्तहरूः 
ह्याण्डसेटका लागि १ वर्ष, ब्याट्री तथा चार्जरका लागि ६ महिना तोकिएको कम्पनीले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप