मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा ९२ हजार ४०० रुपैयाँ

सोमबार, २९ मङ्सिर २०७७, ११ : ३६
सोमबार, २९ मङ्सिर २०७७

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । 
यस्तै तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि घटेको छ । 

आइतबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यसअघि गएको बिहीबारदेखि आइतबारसम्म सुन र चाँदीको मूल्य स्थिर रहेको थियो । 

अहिले बिहेको सिजन चलिरहेकाले सुनको व्यापार पनि बढिरहेको व्यवसायीहरुको भनाइ रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप