शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दाङको तुलसीपुरमा गुडिरहेको बसमा आगलागी

सोमबार, २९ मङ्सिर २०७७, ०९ : १३
सोमबार, २९ मङ्सिर २०७७

 दाङको तुलसीपुरमा गुडिरहेको बसमा आगलागी भएको भएको प्रहरीले जनाएको छ ।
तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा१ख २३७४ नम्बरको बसमा तुलसीपुर–१३ बखरियामा भन्ने ठाउँमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाडले जनाएको छ ।
अम्बिकेश्वरी यातायाता प्रालिद्वारा संचालित बसमा ब्याट्री सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान  छ । बसमा १६ जना यात्री सवार रहेकामा सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप