खोप लगाउन कोही नागरिक वञ्चित नहुने
स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाविरुद्धको खोप ल्याउन सरकारले आवश्यक पहलहरू गरिरहेको बताए ।
उनले भने, ‘सरकारले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने तथा सबै नागरिकलाई लगाउने कामलाई योजनाबद्ध तरिकाले अगाडि बढाइरहेको छ ।’ नेपालमा ७२ प्रतिशत नागरिकलाई खोप लगाउने सरकारको योजना छ । विश्वमा १४ वर्षभन्दा मुनिका बालबालिका लागि कोरोना खोप नबनेकाले नेपालका बालबालिकाले खोप पाउनेछैनन् । देशको जनसंख्यामध्ये २८ प्रतिशत बालबालिका रहेका छन् ।
नेपाललाई ‘कोभ्यास’मार्फत २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलब्ध गराइनेछ । खोप विकास क्रममा रहेकामध्ये गुणस्तरयुक्त, लागत कम, पूर्वाधारमैत्री एवं विद्यमान कानुनअनुरूप उपलब्ध गराउन खोप सल्लाहकार समितिको परामर्शका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कामलाई अगाडि बढाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार खोप विज्ञ समित र आठ वटा प्राविधिक समितिले खोप व्यवस्थापन, खोप सञ्चालन एवं खोप सञ्चारसहितको आवश्यक कार्य अगाडि बढाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १ लाख ६१ हजार
-
भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बीपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै
-
राउत प्रधानन्यायाधीश नियुक्त
-
हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव
-
भारत भ्रमणमा आउँदैछन् माल्दिभ्सका राष्ट्रपति
-
टी–२० महिला विश्वकपमा आज : चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने–सामने