शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरनाबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो

सोमबार, २९ मङ्सिर २०७७, ०० : २२
सोमबार, २९ मङ्सिर २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शनिबार साँझसम्म ६४ हजार नाघेको छ ।  युरोपभरिमा कोरोनाका कारण मृत्यु हुने संख्याका आधारमा अग्रस्थानमा रहँदै आएको बेलायतलाई इटालीले उछिनेको छ । इटाली बेलायत भन्दा ३५० जना अघि छ । इअतालिमा शनिबार साँझसम्ममा मृतक संख्या ६४ हजार ५२० पुगेको वर्ल्डओमिटरले जनाएको छ । मृतक संख्याको आधारमा बेलायत अमेरिका, ब्राजिल, भारत, मेक्सिको र इटालीपछि  छैटौं स्थानमा पर्दछ ।

बेलायतमा पछिल्लो २४ घन्टामा थप १४४ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ हजार १७० पुगेको छ । बेलायतमा सामान्यतया वीकेन्डमा सार्वजनिक हुने मृतक संख्या अन्य दिनहरुको तुलनामा निकै कम हुने गर्दछ । शुक्रबार  ५१९ जना कोरोना  संक्रमितको मृत्यु भएको थियो ।

यसैगरी पछिल्लो २४ घन्टामा थप १८ हजार ४४७ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार संक्रमित संख्या २१ हजारभन्दा बढी रहेका थिए । बेलायतमा कुल संक्रमितको संख्या १८ लाख ४९ हजार ४०३ पुगेको छ । विश्वभरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ लाख नाघेको छ भने संक्रमितको संख्या पनि  करिब ७ करोड २४ लाख पुगेको छ । जसमध्ये साबि भन्दा बढी प्रभावित मुलुकमा अमेरिका पर्दछ । ब्राजिल, भारत, मेक्सिको पनि बढी प्रभावित मुलुक अन्तर्गत पर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप