शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दीप बस्न्यात प्रकरणः के होला नियत र नियति ?

आइतबार, २८ मङ्सिर २०७७, २३ : २४
आइतबार, २८ मङ्सिर २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पुपक्र्षका लागि आजै डिल्लीबजार कारागार पठाएको छ । संयोग के भने सरकारी वकिल समूहबाट सरकारी सेवामा प्रवेश गरेर दुई वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रही भ्रष्टाचारविरुद्ध थुप्रै मुद्दा चलाएर हाल विशेष अदालत काठमाडौंका मुख्य न्यायाधीश रहेका प्रेमराज कार्कीको इजलासले बस्न्यात (खासमा बस्नेत) लाई पुपक्र्षका लागि थुनामा पठाएको हो । 

विशेष अदालतका मुख्य न्यायाधीश कार्की भ्रष्टाचार मुद्दामा दक्ष न्यायाधीश मानिन्छन् । ०६१ को अन्त्यमा तत्कालीन राजा ज्ञानेन्द्रले गठन गरेको भक्तबहादुर कोइराला नेतृत्वको पा“च सदस्यीय ‘भ्रष्टाचार नियन्त्रण शाही’ आयोगमा कार्की सरकारी वकिलका तर्फबाट सचिव थिए । 

बालुवाटारको ललिता निवास प्रकरणमा बस्न्यातलाई दोषी ठहर्याउ“दै विशेष अदालतले जेल पठाएको छ । रोचक के भने भौतिक योजना तथा निर्माण सचिव भएका बेला कार्यक्षेत्र उल्लंघन गरेर बस्न्यातले ललिता निवास प्रकरणको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएका थिए । त्यसबेला विजयकुमार गच्छदार भौतिक योजना तथा निर्माण मन्त्री र माधवकुमार नेपाल प्रधानमन्त्री थिए । ललिता निवास प्रकरणमै मुछिएका गच्छदार यसअघि नै सांसदबाट निलम्बन भइसकेका छन् । 

को हुन् बस्नेत ?

साविक खोटाङ जिल्लाको बतासे (छोरम्बु गा.वि.स.) हाल दिप्रुङ चुइचुम्बा गाउ“पालिका वडा नम्वर ३ मा २००६ सालमा जन्मिएका हुन् दीप बस्न्यात । पाँच दाजुभाई र दुई दिदी बहिनीमध्ये बस्न्यात साईला हुन् । भलै सानै उमेरमा उनीहरुलाई पिताले उदयपुर स्थानान्तरण गराए । उनमा एक पारिवारिक सदस्यका अनुसार नागरिकतामा भने बस्न्यातको जन्म २००९ साल उल्लेख छ । त्यसैले उनले सरकारी सेवामा चार वर्ष धेरै जागिर खाए ।

काठामाडैंको फर्पिङमा खप्तडी बस्नेतहरुको कुल घर बनाउने भनेर जग्गा खरिद गरिएको थियो । कुल घरलाई दिन्छु भनेर बस्न्यातले पनि त्यहा“ जग्गा खरिद गरेका थिए । तर, खरिद गरेको केही समयपछि नै तेब्बर मूल्य पाउने भएपछि कुल घरलाई दिन भनेर किनेको जग्गा समेत उनले नाफामा बिक्री गरे । बस्न्यातका दुई छोरी र एक छोरा छन् । 

बस्न्यातको घरभित्र पा“च तारे होटलको भन्दा बढी अस्वभाविक ‘डेकोरेसन’ छ । तर, प्रचारमा आए जस्तै सुनले मोरेका सोफा भने छैनन् । बस्न्यायतले खोटाङबाटै एसएलसी पास गरेका हुन् । एसएलसी गरेपछि ०२४÷०२५ सालमा एक वर्ष गाउ“मै शिक्षण गरे । यसपछि उनी काठमाडौं छिरे । सुरुमा होटल सोल्टीको क्यासिएर भएर काम गरे । त्यसपछि कृषि बिकास बैंकमा करार कर्मचारी भए । अनि सरकारी सहकारीमा एक वर्ष तराजु बोकेर युरिया मल बेचे ।


०३१ सालतिर बस्न्यात लोकसेवा आयोगबाट अधिकृतमा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेका हुन् । त्यसपछि उनले जीवनमा कहिल्यै पछाडी फर्केर हेर्नुपरेन । उनका समवयी एकजना सचिवका अनुसार लोकसेवाबाट अधिकृतमा नाम निकालेलगत्तै बस्न्यात सडक डिभिजन कार्यालय कोहलपुर–बनबासाको बडालेखापाल भए । उनी भन्छन्, ‘बस्न्यातजीले जीवनभर कमाउ धन्दाका अड्डामा मात्र काम गरेर कमाउनुसम्म कमाए । अहिले त्यसैको पाप करायो ।’

वनबासापछि उनी झापा दमकको सडकमा बडा लेखापाल भए । यसपछि ताप्लेजुङ मालपोत अधिकृत, सिरहा लाहानको मालपोत अधिकृत, झापा मालपोत अधिकृत, काठमाडौं विमानस्थल प्रमुख, भन्सार विभागको उपमहानिर्देशक, गृह मन्त्रालयको उपसचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव, सूचना विभागको महानिर्देशक, कलकत्ताको महावाणिज्य दूत, श्रम विभागको महानिर्देशक, आन्तरिक राजश्व, भन्सार राजश्व कार्यालयको महानिर्देशक, पूर्वाञ्चल क्षेत्रीय प्रशासक, नेपाल सरकारको सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हु“दै प्रमुख आयुक्तसम्म भए । पदमा हु“दा बस्न्यातले आफन्त दाजुभाइलाई समेत खासै मतलव गर्दैनथ्ये । भलै, पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भएपछि भने आफूभन्दा तलको का“इलो भाई नरेन्द्र बस्न्यातलाई बाग्मती सुधार उच्चस्तरीय आयोगको प्रमुख बनाएका थिए । 

बाघ कराउनु र बाख्रो हराउनुको संयोग !

जानकारका अनुसार ललिता निवास प्रकरणमा माधवकुमार नेपाललाई मुद्दा चलाउन सकिन्छ कि सकिदैन ? भनेर प्रधानमन्त्री केपी ओलीले तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख नविन घिमिरेलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर तीनपटक सोधेका थिए ।

घिमिरेले नेपाललाई मुद्दा चलाउन सकिन्न भनेर जवाफ दिएका थिए । घिमिरेले ओलीका सामुन्ने बसेर आफूले मुद्दा चलाउन नसक्ने भनेको यही घटना मात्र भएको जानकारहरु रातोपाटीलाई बताउ“छन् । नेपालले यो घटना थाहा पाएपछि नै ओली र उनको सम्वन्ध चिसोपनको उत्कर्षमा पुगिरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तलाई पुपक्र्षका लागि जेल पठाएको इतिहासमै यो पहिलो घटना हो । पार्टीभित्रको गुट संघर्षमा एक्लिँदै गएका प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाललगायतलाई ‘च्यालेन्ज’ दिन ‘सेटिङ’ मै यो फैसला गराएको समेत जानकारहरु जिकिर गर्छन् । किनभने यो फैसला यस्तो समयमा आएको छ, जुनबेला नेकपाभित्रको गुट संघर्ष उत्कर्षमा छ । बस्न्यात पुपक्र्ष प्रकरण सुनियोजित हो वा स्वभाविक, यथार्थ मैदानमा छिट्टै देखिने नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माधव बस्नेत
माधव बस्नेत
लेखकबाट थप