रातोपाटीकर्मी मिश्रा सम्मानित
रौतहट । रौतहटका पत्रकार एवम् रातोपाटीकर्मी सञ्जय मिश्रालाई सम्मानित भएका छन् । मिश्रलाई गृहसचिव महेश्वर न्यौपानेले सम्मान गरेका हुन् । लामो समयदेखि जिल्लामा पत्रकारिता क्षेत्रमा कृयाशील पत्रकार मिश्रालाई गृहसचिव न्यौपानेले कदरपत्रबाट सम्मानित गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा आयोजित भवन उदघाटन समारोहमा कोभिड महामारीमा संक्रमणको जोखिम ब्यवस्थापन तथा समाचारको माध्यमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको मूल्याँकन गरेको भन्दै पत्रकार मिश्रासहित जिल्लामा कृयाशील केही पत्रकारलाई सम्मान गरिएको हो ।
पत्रकार मिश्रा रातोपाटी, टुडे एक्सप्रेस दैनिक र कटहरिया एफएममा कार्यरत रहेका छन् । सम्मान समारोहमा गृहसचीव महेश्वर न्यौपानेका साथै नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्रका आईजीपी शैलेन्द्र खनाल, राष्ट्यि अनुसन्धान प्रमुख गणेश अधिकारी, रौतहटका सिडियो ईन्द्रदेव यादवका साथै प्रदेश तथा जिल्लाका सुरक्षाप्रमुखहरु, स्थानीय निकायका प्रमुखहरु तथा जिल्लाका सबै कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विप्लव नेतृत्वको नेकपाले खोल्यो ‘सी व्यापार केन्द्र’, ७ जना सिनियरलाई पन्छाएर जुनियरलाई एसपीको फुली
-
दुई घण्टाभित्रै दुई लाख प्यालेस्टिनी उत्तरी गाजास्थित आफ्नो घर फर्किए, खुसीसँगै दुःखी पनि !
-
महाभारत जङ्गलको डढेलो नियन्त्रणमा, पर्यटकीय क्षेत्र खुला
-
काठमाडौँका ४६ हजार ९८५ किशोरीलाई दिइँदै एचपिभी खोप
-
चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारको बजेट खर्च न्यून
-
अमेरिकामा एक दिनमै समातिए झण्डै एक हजार आप्रवासी