

काठमाडौं । ललितपुरको ग्वार्को स्थित उज्वल पेट्रोल पम्पमा आगलागी भएको छ ।
तेल लिएर आएको ट्यांकरको अघिल्लो भागबाट अचानक आगो सल्किएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । पम्प छेउको घरमा पनि आगो सल्किएको छ ।
सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुले आगो आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
अहिलेसम्म मानविय क्षति हुन नपाएको एसएसपी बज्राचार्यले बताइन् । आगलागीबाट जोडिएको घरमा क्षति पुगेको छ भने केही मोटरसाइकल जलेको छ । यस्तै एउटा तेल ट्याङ्करको अगाडिको भाग जलेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
शम्भु दंगाल
शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।
तपाईको ईमेल गोप्य राखिनेछ