शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ईलेक्ट्रिक अटो ‘निम–जी’ नेपाली बजारमाः एकपटकको फूलचार्जले १३० किमी गुड्ने

आइतबार, २८ मङ्सिर २०७७, १८ : १८
आइतबार, २८ मङ्सिर २०७७

काठमाडौं । भारतीय अटो कम्पनी केरेला अटोमोबाइल्स लिमिटेडको उत्पादन ईलेक्ट्रिक अटो ‘निम–जी’ नेपाली बजारमा आएको छ । एक पटकको फूलचर्जमा अधिकतम १३० किलोमिटर गुड्ने निम–जी हिमालयन कम्पनीको सिस्टर कम्पनी हिमालय मोटराडले नेपाली बजारमा ल्याएको हो ।

कम्पनीले आइतबार राजधानीमा एक समारोहको आयोजना गर्दै निम–जी ईलेक्ट्रिक अटो सार्वजनकि गरेको छ । निम–जी सार्वजनिक गर्दै कम्पनीका चेयरम्यान धुर्व थापाले पहिलो पटक नेपालमा ग्रामीण परिवेश सुहाउँदो उत्कृष्ट र पावरफूल ईलेक्ट्रिक अटो आएको बताए । यस अटोले पर्यावरिणीय सन्तुलनमा निकै लाभदायी हुनुका साथै फ्यूल खर्चमा समेत मितवियी रहको थापाको भनाई छ । 

त्यसो त उक्त इलेक्ट्रिक अटोको खर्च प्रतिकिलोमिटर ७५ पैसा मात्र पर्ने कम्पनीको दाबी छ । ३ घण्टा ५५ मिनटमा फूलचार्ज हुने निम–जीको व्याट्रिमा कम्पनी ३ वर्ष वा १५ सय लाइफ साईकलको वारेन्टी दिएको छ भने केहि समय पछि थप ८ वर्षको वारेन्टी दिने तयारी गरेको बताएको छ ।

सोही अटो बारे थप प्रकाश पार्दै केरेला अटोमोवाइल्सको तर्फबाट आएका प्रतिनिधि फरोज खानले अब निकट भविष्यमै निम–जीको ब्याट्रीमा ८ वर्षको वारेन्टी दिने गरी तयारी थालिएको जानकारी दिए । हाल निम–जी नेपाली बजार मूल्य ८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप