बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

१० मध्ये ६ बालबालिकामा पहिले नै कोरोनाभाइरसविरुद्ध प्रतिरोधी क्षमता

आइतबार, २८ मङ्सिर २०७७, १६ : १२
आइतबार, २८ मङ्सिर २०७७

वैज्ञानिकहरुले गरेको एक अध्ययनले कोरोनाभाइरसबाट संक्रमित नभएपनि १० मध्ये जना बालबालिकाको शरीरमा पहिल्यै नै भाइरसविरोधी एन्टीबडी पाइएको देखाएको छ । संक्रमित नबनेका ६ देखि १६ वर्षका बालबालिकाहरुमा गरिएको अध्ययनमा ६२ प्रतिशतमा सार्स–कोभ–२ भाइरसलाई पहिचान गर्ने एन्टीबडी पाइएको हो ।

प्रयोगशालामा गरिएको परीक्षणमा शरीरमा पहिले नै रहेको उक्त एन्टीबडीले सार्स–कोभ–२ भाइरसलाई शरीरको काषमा प्रवेश गर्न रोकेको पनि पाइएको थियो । उता, ३ सय २ जना संक्रमित नबनेका वयस्कहरुमा जाँच गर्दा मात्र ५ प्रतिशतमा त्यस्तो एन्टीबडी पाइएको थियो ।

वयस्कको तुलनामा बालबालिकामा पहिले नै कोभिड–१९ विरुद्धको एन्टीबडी रहेको हुँदा उनीहरु कम संक्रमित हुने वा हलुका लक्षिणसहित संक्रमित हुने गरेको वैज्ञानिकहरुको ठहर छ ।

भाइरसको स्पाइक प्रोटिनमा एसवान र एसटु गरेर दुईवटा सबयुनिट रहेको कोरोनाभाइरसमा एसटु धेरे पाइएको पनि अध्ययनमा भनिएको छ । अध्ययनकर्ताहरुले यस एसटु सब युनिटको अध्ययनले भाइरसविरुद्ध प्रभावकारी खोप निर्माणमा सहयोग पुर्याउने सुझाव दिएका छन् ।

त्यस्तै, पहिल्यै रहेको एन्टीबडी र संक्रमित बनेपछि निर्माण भएको एन्टीबडीको अध्ययनले पनि कोभिड–१९ विरुद्ध खोपमा हाम्रो प्रतिक्रियालाई बुझ्न मद्दत गर्ने उनीहरुको भनाइ छ ।

स्रोत : गाभी डट ओआरजी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप