६ डीआईजीको अवकाशसँगै सशस्त्रमा सात दरबन्दी रिक्तः प्रतिस्पर्धामा को–को ?

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका ६ जना नायब महानिरीक्षक (डीआईजी) ले आइतबारदेखि अनिवार्य अवकाश पाएका छन् । ३० बर्से सेवाहदका कारण डीआईजीहरू नगेन्द्र थापा, कवीन्द्रमान श्रेष्ठ, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिशचन्द्र अधिकारीले अवकाश पाएका हुन् ।
६ जना डीआईजीसँगै सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र शाक्यले पनि ३० वर्षे सेवाहदका कारण अवकाश पाएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी राजु अर्यालले जानकारी दिए । प्रवक्ता अर्यालका अनुसार उनीहरु सबै नेपाली सेनाबाट सशस्त्रमा आएका हुन् ।
नेपाली सेनाबाट स्थानान्तरण भइ आएका उनीहरुले सेनामा गरेको तालिम अवधिभरको १८ महिनालाई सेवा अवधिमा गणना नगर्न अनुरोध गर्दै गृह मन्त्रालयमा निवेदन दिएका थिए । तर, माग सुनुवाइ नभएपछि उनीहरू सबैजना आजदेखि स्वतः अवकाश भएका हुन् ।
सशस्त्र प्रहरीमा सातजना डीआईजीको दरबन्दी खाली छ । यसअघि सशस्त्रमा एक जना डीआईजीको दरबन्दी लामो समयदेखि रिक्त भएपनि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बढुवा प्रक्रिया नै रोकेर राखेका थिए । खनाल आफै एकल एआईजीमा बढुवा भएर सशस्त्रको प्रहरी महानिरीक्षक बनेका अधिकारी हुन् ।
उनीहरुको अवकाशसँगै रिक्त पदको लागि बढुवाको दौडधुप सुरु भएको छ । सात डीआईजी पद रिक्त भएसँगै सशस्त्र मुख्यालयले चाँडै बढुवा प्रक्रिया थाल्ने भएको छ । बढुवाका लागि एक दर्जन एसएसपीहरु प्रतिस्पर्धामा छन् ।
डीआईजी बढुवाका लागि एसएसपी अभिकुमार खत्री पहिलो नम्बरमा छन् । उनी एसएसपी भएपनि वरियतामा पहिलो नम्बरमै भएकाले अहिले ६ नम्बर बाहिनीको निमित्त बाहिनीपतिको जिम्मेवारी सम्हालिरहेका छन् ।
त्यस्तै डीआईजीको लागि खत्रीसँगै, शम्भु सुवेदी, गणेशबहादुर ठाडामगर, दुर्गाप्रसाद भट्टराई र कमल गिरी, कुलबहादुर नेम्वाङ, कालीदास धौबजी, कुमार न्यौपाने, विदुर खड्का, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठकको दौडधुपमा छन् । उनीहरुमध्ये खत्री, ठाडा मगर, गिरी र नेम्वाङमध्ये एकलाई भावी सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)का रुपमा समेत हेरिएको छ ।
सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृहसचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति