बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टाउको तथा मुखमा धारिलो हतियार प्रहार गरी क्रुर तरिकाले  महिलाको हत्या

आइतबार, २८ मङ्सिर २०७७, ०९ : ५१
आइतबार, २८ मङ्सिर २०७७

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । 

चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए ।

टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रुर तरिकाले हत्या भएको प्रहरीले जनाएको छ । 

हत्याको आङ्शकामा प्रहरीले डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ । 

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरी निरीक्षक खरेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप