आफैँ चढेको बसले किचेर मृत्यु
आइतबार, २८ मङ्सिर २०७७, ०९ : ०१
गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।
टुर्घटनामा परी गम्भीर घाइते भएका रम्तेलको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनको भनाइ छ । सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका रम्तेललाई शनिबार साँझ बसबाट झर्ने क्रममा आफैँ चढेको बसको पछाडिको चक्काले किचेको प्रमुख ढकालले जानकारी दिए ।
मृतकको शव आज परीक्षणपछि परिवारलाई बुझाइने उनले बताए । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने
-
सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक : कांग्रेस
-
गण्डकीका प्रदेश प्रमुख र सरकारबाट अदालतको अवहेलना भयो : कांग्रेस
-
कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित
-
कन्सुलरका कर्मचारीलाई इजरायलभित्र हिँडडुल सीमित गर्न अमेरिकाको आग्रह
-
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने