बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अद्भूत खगोलीय घटना : पृथ्वी, वृहस्पति र शनि एकै लाइनमा आउँदैछ !

सन् २०८० र २४०० मा मात्रै फेरि बृहस्पति र शनि यति नजिक आइपुग्ने संयोग बन्नेछ !
आइतबार, २८ मङ्सिर २०७७, ०१ : ३१
आइतबार, २८ मङ्सिर २०७७

 

 

 

हरेक २० वर्षमा पृथ्वी, वृहस्पति र शनि यसरी एक लाइनमा आइपुग्ने संयोग जुर्ने गर्छ । यस पटकको संयोगमा एउटा विशेष कुरा के छ भने करिब ४०० वर्षपछि शनि र वृहस्पति एक आपसबाट अत्यन्तै नजिकको दूरीमा आउँदैछन् । हाम्रो सौर्यमण्डलका यी दुई भीमकाय ग्रहहरु यतिको नजिकको दूरीमा आइपुग्ने संयोग पछिल्लो पटक सन् १६२३ र १२२६ मा जुरेको थियो ।


डिसेम्बर २१ । दिन गन्ती गर्नेहरुका लागि एउटा सामान्य दिन हुन सक्छ, हरेक वर्ष आउँछ र जाने गर्छ । तर खगोलमा रुचि राख्नेहरुका लागि आउँदो डिसेम्बर २१ का दिन एउटा विशेष दिन हुनेछ । उक्त दिन हाम्रो सौर्यमण्डलका दुई भीमकाय सदस्यहरु बृहस्पति र शनि पृथ्वीसँग एउटै लाइनमा आइपुग्नेछ । यसक्रममा वृहस्पति र शनिबीचको दूरी असाधारण ढंगले निकट हुनेछ ।১

सबैलाई थाहा भएको कुरा हो, हाम्रो सौर्यमण्डलका आठवटै ग्रहहरु सूर्यलाई परिक्रमा गर्ने गर्छन् । यसरी सूर्यलाई परिक्रमा गर्ने क्रममा प्रत्येक ग्रहहरु आफ्नो अक्षमा घुम्दै आ–आफ्नो कक्षमा आफ्नै गतिमा हुत्तिइरहेका हुन्छन् । जस्तो कि, पृथ्वीले सूर्यलाई परिक्रमा गर्नेक्रममा प्रतिसेकेण्ड २९.७८ (प्रतिघण्टा १०७,२०८) किलोमिटरको गतिले हुत्तिइरहेको हुन्छ । त्यसैगरी बृहस्पतिले प्रतिसेकेण्ड १३.०६ ( प्रतिघण्टा ४७,०५१) किलोमिटरको गतिले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ भने शनि ग्रहले प्रतिसेकेण्ड ९.६९  (प्रतिघण्टा ३४८८२.५३१)किलोमिटरको गतिमा । यसरी हरेक ग्रहको सूर्यलाई घुम्ने गति फरक फरक हुने हुनाले एउटा निश्चित संयोगपूर्ण समयमा मात्रै कतिपय ग्रहहरु एकअर्कासँग एकलाइनमा आइपुग्ने गर्छ । आउँदो डिसेम्बर २१ त्यस्तै एउटा संयोगपूर्ण समय हो, जुन दिन पृथ्वीसँग बृहस्पति र शनि ग्रह एउटा सिधा लाइनमा आइपुग्छ ।

https://cdn.mos.cms.futurecdn.net

हरेक २० वर्षमा पृथ्वी, वृहस्पति र शनि यसरी एक लाइनमा आइपुग्ने संयोग जुर्ने गर्छ । यस पटकको संयोगमा एउटा विशेष कुरा के छ भने करिब ४०० वर्षपछि शनि र वृहस्पति एक आपसबाट अत्यन्तै नजिकको दूरीमा आउँदैछन् । यसअघि हाम्रो सौर्यमण्डलका यी दुई भीमकाय ग्रहहरु यतिको नजिकको दूरीमा आइपुग्ने संयोग पछिल्लो पटक सन् १६२३ र १२२६ मा जुरेको थियो ।

त्यसो त सन् १६२३ मा पृथ्वी, शनि र बृहस्पति एकै लाइनमा आएको भए पनि त्यो पृथ्वीको अत्यन्तै सीमित क्षेत्रबाट मात्र देखिने स्थितिमा थियो । तर आगामी डिसेम्बर २१ मा घटित हुन गइरहेको दृश्य भने पृथ्वीका थुप्रै भागहरुबाट नांगो आँखाले पनि अवलोकन गर्न सकिनेछ । यो भनेको सन् १२२६ को बेलाको जस्तै स्थिति हो । त्यतिबेला पनि यो रोचक खगोलीय घटना पृथ्वीको थुप्रै स्थानबाट अवलोकन गर्न सकिने खालको थियो । त्यसैले कसैकसैले यस विशिष्ट घटनालाई ८०० वर्षपछि घटित हुन गइरहेको घटना पनि भन्ने गर्छन् । त्यसैले यो घटना खगोलमा रुचि राख्नेहरुका लागि विशेष रमाइलो पनि हुनेछ । किनभने, यो दिन ती ग्रहहरु आकाशमा चम्किला र एकअर्कासँग निक्कै नजिक देखिनेछ ।

डिसेम्बर २१ त्यो दिन पनि हो, जुन दिन उत्तरी गोलाद्र्धमा औपचारिक रुपमा जाडो मौसम शुरु हुन्छ । त्यसो त उत्तरी गोलाद्र्धका कतिपय भागहरुमा अहिले नै चिसो मौसम शुरु भइसकेको पनि छ ।

अहिले पृथ्वी, बृहस्पति र शनि ग्रह एकै लाइनमा आउने क्रममा रहेकोले आकाशमा पछिल्ला दुई ग्रहहरु देखिने गर्छन् । सूर्यास्तपछि दक्षिण पश्चिम क्षितिजतिर नियालेर हेर्ने हो भने यी ग्रहहरुलाई नांगैै आँखाले पनि देख्न सकिन्छ ।  । अझ दुरवीनहरुको प्रयोगले त यी ग्रहहरु झन प्रष्टसँग देख्न सकिन्छ ।

हरेक वीस वर्षमा यो ग्रेट कन्जक्सन भइरहन्छ । यस हिसाबले अब सन् २०४० को नोभेम्बर २ मा र सन् २०६० को अप्रिल ७ मा यो खालको कन्जक्सनको संयोग जुर्नेछ । तर त्यसबेलामा अहिलेको जस्तो वृहस्पति र शनि ०.१ डिग्रीको नभई १.१ डिग्रीको फरकमा हुनेछ । यो भनेको डिसेम्बर २१, २०२० को भन्दा ती दुई ग्रहहरुबीचको दूरी त्यतिबेला ११ गुना टाढा हुनेछ ।

हाम्रा सौर्यमण्डलका ग्रहहरु आफ्ना अण्डाकार कक्षमा घुम्ने क्रममा पृथ्वीसँग यसरी एक लाइनमा आउने घटनालाई सामान्यतः कन्जक्सन (Conjunction) भनिन्छ भने पृथ्वीसँग वृहस्पति र शनि ग्रह एक लाइनमा आउने घटनालाई चाहिँ ग्रेट कन्जक्सन (Great conjunction) भन्ने गरिन्छ । किनभने अरु ग्रहहरुको तुलनामा यो संयोग कम हुने गर्छ । हरेक २० वर्षमा वृहस्पति र शनिले मोटामोटी उही खगोलीय बिन्दूहरुमा आइपुग्ने गर्छन् । यस अर्थमा यो खगोलीय संयोग रोचक भए पनि दुर्लभ चाहिँ होइन । तर अहिले जुन दूरीमा यी दुई ग्रहहरु नजिक आइरहेका छन्, त्यो विशेष छ । किनभने हरेक यति नजिकको दूरीमा यी दुई ग्रहहरु आगामी ६० वर्षपछि मात्रै अर्थात् सन् २०८० मा मात्रै फेरि आइपुग्नेछ । त्यसपछि यो स्थितिमा एकैचोटी सन् २४०० को मार्च १५ मा मात्रै यी दुई ग्रहहरु पुनः आइपुग्नेछ । यस अर्थमा पनि अहिलेको यो खगोलीय घटनाको विशेष महत्व छ ।

गत सेप्टेम्बर यता आकाशमा बृहस्पति शनिको नजिक नजिक हुँदै आइरहेको देखिन्छ । त्यसबेला ५ डिग्रीको फरकमा देखिएका यी दुई ग्रह डिसेम्बरको शुरुवातताका २ डिग्रीको फरकमा देखिएको थियो । यो झन नजिक नजिक हुने क्रम बढ्दै गएर डिसेम्बर २१ सम्ममा आइपुग्दा त्यो ०.१ डिग्रीले मात्र फरक हुनेछ । त्यो बेलामा नांगो आँखाले हेर्दा दुवै ग्रह एउटै ठाउँमा मिसिएर चम्किलो तारा जस्तै देखिन सक्छ । तर अलि अभ्यस्त व्यक्तिले भने नांगो आँखाले नै यी दुई ग्रहहरुलाई छुट्याएर देख्न पनि सक्छन् । अझ शक्तिशाली टेलिस्कोपको सहायताले त शनिग्रहको वयल तथा बादलका थुप्रोसहितका वृहस्पति र त्यसका उपग्रहहरु पनि देख्न सकिन्छ । यसरी यी ग्रहहरु डिसेम्बर २१ देखि जनवरी, २०२१ सम्म पनि आकाशमा एकै लाइनमा देखिइरहन्छ ।

माथि उल्लेख भइसकेको छ कि हरेक वीस वर्षमा यो ग्रेट कन्जक्सन भइरहन्छ । यस हिसाबले अब सन् २०४० को नोभेम्बर २ मा र सन् २०६० को अप्रिल ७ मा यो खालको कन्जक्सनको संयोग जुर्नेछ । तर त्यसबेलामा अहिलेको जस्तो वृहस्पति र शनि ०.१ डिग्रीको नभई १.१ डिग्रीको फरकमा हुनेछ । यो भनेको डिसेम्बर  २१, २०२० को भन्दा ती दुई ग्रहहरुबीचको दूरी त्यतिबेला ११ गुना टाढा हुनेछ । यस पटकको ग्रेट कन्जक्सन यस अर्थमा पनि विशिष्ट छ कि वृहस्पति र शनि अत्यन्तै निकट आइपुग्नेछ । यो खालको विशिष्ट निकटताको संयोग विगत सन् १६०० देखि सन् २५९९ सम्मा जम्मा ६ पटक मात्र जुरेको छ र जुर्नेछ । ती सालहरु १६२३, १६८३, २०२०, २०८० र २४१७ हुन्÷हुनेछन् । यसबेलामा वृहस्पति र शनिबीचको फरक ०.२ डिग्रीभन्दा कम नै हुनेछ ।

यो पनि !

असाधारण खगोलीय घटनाका रुपमा कहिलेकाहीँ वृहस्पति सोझै शनिको सामुन्नेबाट गुज्रिने गर्छ । यस्तो अवस्थामा वृहस्पतिले शनिलाई आंशिक रुपमा छेक्यो भने त्यो घटनालाई ‘ट्रान्जिट’ (Transit)  भनिन्छ । तर वृहस्पतिले शनिलाई पूरै छेक्यो वा ढाक्यो भने चाहिँ त्यसलाई ‘अक्कुलटेसन’ (Occultation) भनिन्छ । आगामी दश हजार वर्षको समयावधिभित्र यस्तो ‘ट्रान्जिट’ वा ‘अक्कुलटेसन’ को संयोग तीन पटक मात्र जुर्नेछ । ती तीन पटकको समयमा सन् ७५४१ को फेब्रुअरी १६ (ट्रान्जिट), सन् ७५४१ को जुन १७ (अक्कुलटेसन) र सन् ८६७४ को फेब्रुअरी २५ (ट्रान्जिट) पर्दछन् ।

तथ्यस्रोतहरुः  : टाइमएण्डडेट स्पेश, साइ–न्यूज Title Photo: https://www.timeanddate.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप