शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेभेन सिजन लाउन्ज एण्ड बार : रेन्बो ट्राउटदेखि बिर्यानी स्पेशलसम्म (भिडियो)

शनिबार, २७ मङ्सिर २०७७, १६ : ५२
शनिबार, २७ मङ्सिर २०७७

तपाईं ताजा रेन्बो ट्राउट माछाको पारखी हुनुहुन्छ तर काठमाडौँ गएर खान पाउनुभएको छैन भने अब त्यो सुविधा राजधानीमै छ । तपाईंले ललितपुरको झम्सिखेलमा रहेको सेभेन सिजन लाउन्ज एण्ड बारमा यसको स्वाद लिन सक्नुहुनेछ । साथै बिर्यानी स्पेशल परिकारका लागि पनि यो रेष्टुरेन्ट परिचित छ ।

जावलाखेलको अल्का अस्पतालको अगाडिबाट झम्सिखेलतर्फ १ मिनेट ड्राइभपछि मुख्य बाटोकै छेउमा तपाईंले सेभेन सिजन रेष्टुरेन्ट भेट्न सक्नुहुन्छ । जहाँ बिर्यानी, मःमः चटामरी, नेवारी खाजा सेट, रेन्बो ट्राउट माछा लगायत तपाईंलाई मनपर्ने जुनसुकै परिकारको मिठो स्वाद लिन सक्नुहुनेछ ।

झम्सिखेलमा रहेको रेष्टुरेन्टहरुमध्ये सबैभन्दा धेरै क्षेत्रफल रहेको हरियाली वातावरणमा रहेको यो रेष्टुरेन्टमा विभिन्न साइजका हलहरु रहेका छन् । १० जना, १५ जना, २० जना देखि १ सय ५० जना अट्ने क्षमताका हलहरु रहेका छन् । विवाह, ब्रतबन्ध, सभा, समारोह, सांस्कृतिक कार्यक्रम, कर्पोरेट पार्टी गर्नका लागि यो रेष्टुरेन्ट उपयुक्त रहेको सेभेन सिजन रेष्टुरेन्टका प्रवन्ध निर्देशक नरेशध्वज श्रेष्ठले बताए । साथै आइएनजिओ एनजिओहरुले गर्ने विभिन्न छलफल तथा कार्यक्रमका लागि एयर कन्डिसनयुक्त हलहरु रहेको उनको भनाइ छ ।

पार्किङको पर्याप्त सुविधा भएका कारण ठूलो संख्यामा साथीभाई जमघट गर्न सकिने, बेलुकाको समयमा घरसम्म पु¥याउने व्यवस्था समेत रहेको उनले बताए । नेपालीको आयस्रोत अनुसार खानेकुराको पकेट फ्रेन्डली मेनु रहेको र खानेकुरा बनाउने सेफ बिदेशमा काम गरी अनुभव प्राप्त रहेका छन् ।

खानेकुरा, होटल कसरी हाइजेनिक गर्ने ? भन्ने मापदण्डका आधारमा व्यवस्थापन गर्ने गरेको प्रवन्ध निर्देशक श्रेष्ठले बताए । यो रेष्टुरेन्टले कोरोना संक्रमणका बेला तोकिएको मापदण्ड पालना गर्दै सरकारले तयार पारेका क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरमा खानेकुरा डेलिभरी गर्दै आएको छ । कोरोना संक्रमणपछि सरकारले बनाएको आइसोलेसन तथा क्वारेन्टाइन स्थलमा न्यूनतम शुल्कमा हाइजेनिक खानेकुराको डेलिभरी गरेको बताउँदै उनले विपदको बेलामा स्वस्थवर्दक खानेकुरा डेलिभरी गरेर सहयोग पु-याएबापत सरकारी निकायबाट प्रशंसापत्र दिन लागेको पनि जानकारी दिए ।

हेर्नुहोस् भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप