वीरगञ्जमा एक पुरुषको शव फेला, हत्याको आशंका
काठमाडौँ । पर्साको वीरगञ्जमा एकजना पुरुषको शव हत्या गरेर फालेको अवस्थामा फेला परेको छ । वीरगञ्ज महानगरपालिका–३२ पारसवा निवासी ४७ वर्षीय सुरेन्द्र साह सोनारको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार सोनारको हत्या भएको आशंका प्रहरीले गरेको छ । सोनारको शव घर नजिकैको कुलोमा फेला परेको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले जानकारी दिइन् ।
‘गम्छाले घाँटी कसेको अवस्थामा साहको शव फेला परेको हो । आँखामा पनि चोट छ,’ एसपी पन्तले भनिन्, ‘सोनारको कर्तव्य गरी हत्या गरेको देखिन्छ । पोष्टमार्टम रिपोर्ट आइसकेको छैन, घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’
सोनारको शव भेटिएको घटनास्थल नजिकै रगत लतपतिएको अवस्थामा लठ्ठी फेला परेको छ । सोनार बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्थे ।
घटनास्थलको जाँच मुचुल्कापछि सोनारको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । हत्याको आशंका गरेपनि प्रहरीले अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातदेखि मौन अवधि सुरु हुँदै : के-के गर्न पाइँदैन ?
-
रुसले गर्यो युक्रेनको ऊर्जा सञ्जालमा प्रहार, १० लाखभन्दा बढी युक्रेनी जनता अन्धकारमा
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद
-
बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज
-
मदन भण्डारी स्पोर्टस एकेडेमीको वार्षिक खेल कार्यक्रम सार्वजनिक