ad
केन्द्रीय संस्करण

बेलायतमा २४ घन्टामा थप २१ हजार ६७२ जना संक्रमित थपिए

person explore access_timeमंसिर २७, २०७७ chat_bubble_outline0


लन्डन । बेलायतमा कोरोना संक्रमणदर दैनिक रुपमा बढ्दै गैरहेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शुक्रबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप २१ हजार ६७२ जना नयां कोरोना संक्रमित थपिएका छन् ।  हिजो बिहीबार संक्रमित संख्या २० हजार ९६४ रहेको थियो भने बुधबार संक्रमित संख्या १६ हजारको हाराहारीमा थियो । बेलायतमा एकसातामा एक लाख १९ हजार भन्दा बढी संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १८ लाख ९ हजार ४५५ पुगेको छ । पछिल्लो २४ घन्टामा चार लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको थियो ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४२४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा एकसातामा मात्रै कोरोनाका कारण तीन हजार ३७१ जनाको ज्यान गएको छ । हालसम्म ६३ हजार १२५ जना कोरोना संक्रमितको मृत्यु भैसकेको सरकारी तथ्यांकमा उल्लेख छ । तर, कोरोनाका मृतकको रुपमा मृत्यु दर्ता गरिएको प्रमाणपत्रको आधारमा भने उक्त संख्या ७३ हजार भन्दा बढी छ ।

संक्रमितको संख्या बढेसंगै हस्पिटल भर्ना हुनेको संख्या पनि बढेको छ । बितेको २४ घन्टामा एक हजार ६२२ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् । हाल १६ हजार भन्दा बढीको हस्पिटलमा उपचार भैरहेको छ । जसमध्ये एक हजार २६७ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

बेलायतमा गत मंगलबारदेखि आममानिसमा  कोरोना विरुद्धको भ्याक्सिन वितरण कार्य तीव्र रुपमा अघि बढिरहेको छ । कोभिड खोप लगाउन शुरु भएसंगै एक नेपाली चिकित्सकले कोभिड खोप लिएका छन् । ब्रोङलिस जनरल हस्पिटलमा कार्यरत नेप्लिज् डक्टर्स एसोसिएशन (एनडिए) यूकेका अध्यक्ष डा रमेश खोजुले बिहीवार बिहान ग्लाङली जनरल हस्पिटल कारमरथेन गएर उक्त खोप लिएका थिए  । हाल अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदारहरु  खोपको पहिलो प्राथमिकतामा रहेका छन् । बेलायतमा पहिलो चरणमा ८ लाख डोज भ्याक्सिन दिइने छ, जुन चार लाख मानिसहरुको लागि पर्याप्त हुनेछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.