शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा एकैदिनमा तीन हजार संक्रमितको मृत्यु

शुक्रबार, २६ मङ्सिर २०७७, २२ : ५६
शुक्रबार, २६ मङ्सिर २०७७

एजेन्सी । अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि मृत्यु भएकाहरुको सङ्ख्यामा वृद्धि भएको छ ।  कोरोनाविरुद्धको खोप फाइजर प्रयोग गर्न सकिने सल्लाह विज्ञहरुले दिइरहेकै बेला पनि अमेरिकामा कोरोनाभाइरसको महामारी बढ्दै गइरहेको देखिएको छ । 

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा विगत २४ घण्टामा एकैदिन तीन हजार १२४ व्यक्तिको मृत्यु भएको छ ।  पछिल्लो पाँच दिनमा मात्रै थप झण्डै पाँच लाख जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् । 

अमेरिकामा अहिले पनि एक लाख छ हजारभन्दा बढी सङ्क्रमितहरु अस्पतालमा उपचारकै क्रममा रहेका छन् ।  महामारी देशभरी नै बढ्दै गइरहेको र स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई दवाव पनि बढेको अधिकारीहरूले बताएका छन् । 

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म दुई लाख नौ हजारभन्दा बढीको मृत्यु भएको छ भने कुल एक करोड ५५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।  एकैदिनमा मृत्यु भएकाहरूको यो सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ । 

यसअघि गत अप्रिल १५ मा सवैभन्दा धेरै एकैदिनमा दुई हजार ६०२ जनाको मृत्यु भएको थियो । न्युयोर्क शहरमा कोरोना महामारीको केन्द्र बनेको बेला त्यति धेरै मानिसको एकैदिनमा मृत्यु भएको  थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप