बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोटेश्वर–कलंकी सडकको दायाँबायाँ धरापै धराप (फोटो/भिडियो)

शुक्रबार, २६ मङ्सिर २०७७, १९ : ३८
शुक्रबार, २६ मङ्सिर २०७७

काठमाडौं । कोटेश्वर कलंकी सडकको दायाँ–बायाँ धरापै धराप । शुक्रबार पाटनका गोपाल मर्हजन सातदोबाटो सडक पेटीमा हिडिँरहेका थिए । झन्डै उनको खुट्टा बाटोमा स्ल्याव भत्किएर खाल्डो बनेको नालीमा पर्यो । दुर्घटनाबाट जोगिएका उनले सरकारले सर्वसाधारणको जीवनमाथि खेलवाड गरिरहेको बताए । सडकमा हिँडिरहेका बुद्ध लामाले पनि बाटोमा राम्रोसँग याद नगरी हिँड्ने हो भने दुर्घटनाको सिकार भइने बताए । बाटोमा मोबाइल चलाउँदै हिँड्ने हो भने सडकको खाल्डोमा खुट्टा परेर दुर्घटनामा परिने बताए । 

महर्जन र लामा त प्रतिनिधि पात्र मात्र हुन् । हरेक दिन सो सडकखण्डको यात्रा गर्नेहरु दुर्घटनाको मुखमा पर्ने गरेका छन् । दुवैतर्फ सडकको नाली माथि लगाइएको ढकन अर्थात स्ल्यावमाथि पैदलयात्रीका लागि बाटो बनाइएको छ । ठाउँ–ठाउँमा ढकन भत्किएर दुलो परेका कारण सर्वसाधारण हिँड्ने फुटपाथ खतरनाक अवस्थामा रहेको छ ।  

उज्यालोमा यात्रा गर्नेहरुनै दुर्घटनामा पर्ने जोखिम रहेको सडक साँझ बिहान यात्रा गर्नेलाई त झनै जोखिमपूर्ण बनेको छ ।  चीन सरकारले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको कोटेश्वरदेखि कलंकीसम्मको ९ किलोमिटर सडकको दायाँबायाँ अनगिन्ती स्थानमा स्ल्याव भत्किएर दुलो परेको छ । 

चक्रपथ सुधार आयोजना भन्छ- ‘मर्मतका लागि टेन्डर हुँदैछ’

चिनियाँ लगानीका साथै चिनियाँ प्राविधिकहरुको डिजाइनमा बनेको कोटेश्वर कलंकी ८ लेनको सडकको दायाँबायाँ भत्किएको ड्रेन र स्ल्याव निर्माणको लागि बोलपत्र आह्वान भइसकेको चक्रपथ सुधार आयोजना कार्यालयले जनाएको छ । तर हालसम्म काम कहिले अघि बढ्छ भन्ने टुङ्गो छैन् । गुणस्तरहिन निर्माण सामग्रीका कारण ती स्ल्याव नभत्किएको सडक विभागको दावी छ । 

टेन्डर प्रक्रियामा गएपछि यो आर्थिक वर्ष अर्थात आगामी असार मसान्तसम्म मर्मत सम्पन्न हुने चक्रपथ सुधार आयोजनाका कार्यलय प्रमुख सिनियर डिभिजनल इन्जिीनियर अर्जुन सुवालले रातोपाटीलाई जानकारी दिए । ५० लाख ३५ हजार रुपैयाँ हाराहारीमा मर्मत हुने उनको भनाई छ । 

चक्रपथको कलंकी कोटेश्वर सडकखण्डको दायाँबायाँ फुटपाथमा हरेक दिन पैदयात्री जोखिम मोलेर यात्रा गरिरहेका छन् । उनीहरु खाल्टोमा परेर घाइते भए त्यसको जिम्मा कसले लिने ? जनसरोकारका यस्ता विषयमा सम्बन्धित सरकारी निकायहरु, नगरपालिका लगायतका निकायहरु कहिले सचत हुने हो ? प्रश्न उनीहरुलाई नै । 

हेर्नुहोस् भिडियो : 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप