शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

सकारात्मक समाचार आवश्यक : अध्यक्ष तिमिल्सिना

शुक्रबार, २६ मङ्सिर २०७७, १८ : २८
शुक्रबार, २६ मङ्सिर २०७७

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनले सकारात्मक समाचारले समाज परिवर्तनमा भूमिका खेल्ने बताएका छन् । 

सञ्चारकर्मी दुर्गा अधिकारीद्वारा लिखित  ‘समाज सञ्चार र राजनीति’ पुुस्तकको आज सार्वजानिक गर्दै उनले सञ्चारमाध्यममा नकारात्मक समाचारले बढी स्थान पाउँदै गएको चर्चा गरे ।

‘आजकाल निकै नकारात्मक कुराले मात्र सञ्चारमाध्यममा स्थान पाउन थालेका छन् यसले समाजलाई निराशाउन्मुख बनाउँछ, समाज परिवर्तनका लागि सकारात्मक समाचार आवश्यक हुन्छ, यसतर्फ ध्यान म आग्रह गर्छु,’  उनले भने । 

पत्रकारले नकारात्मक कुरा बाहिर ल्याउनु पर्छ भन्ने धारणाले गर्दा पछिल्लो समय सकारात्मक कामका समाचारहरु समेत ओझेलमा पर्दै गएको उनको भनाइ थियो । 

पुस्तकको समीक्षा गर्दै पत्रकार केशवशरण लामिछानेले अधिकारीको पुस्तक आजको राजनीतिक, सामाजिक र पत्रकारिताको अवस्था बुझ्न निकै उपयोगी रहेको बताए । 

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न समयमा लेखिएका लेखको सङ्ग्रहले तत्कालीन समयको चित्रण गर्ने हुँदा लेख सङ्ग्रह उपयोगी हुने विश्वास व्यक्त गरे ।

लेखक अधिकारीले आफूले विभिन्न समयमा स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा लेखिएका समसामयिक विषयका लेख समावेश गरी पुस्तक प्रकाशन गरिएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप