शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

द ब्रिटिस कलेजमा हस्पिटालिटी बिजनेश म्यानेजमेन्टको पढाई सुरु

शुक्रबार, २६ मङ्सिर २०७७, १७ : २३
शुक्रबार, २६ मङ्सिर २०७७

काठमाडौं । लामो समयदेखि अन्तराष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको द ब्रिटिस कलेजले बिएसस्सी (हन्स) हस्पिटालिटी बिजनेश म्यानेजमेन्टको पढाई सुरु गरेको छ । यो नयाँ कोर्स बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँगको पार्टनरसिपमा सुरु भएको हो । 

द ब्रिटिस कलेज बिजनेश कोर्सका लागि एउटा प्रतिष्ठित  शैक्षिक संस्था रूपमा आफूलाई स्थापित गराउँदै आएको छ। यही उत्साहका साथमा कलेजले हस्पिटालिटी क्षेत्रमा पाइला सारेको हो । 

यो चार वर्षे बिएचएम प्रोगामले विद्यार्थीहरुलाई हरेक रूपमा सक्षम बनाउने र कुनै पनि चुनौतीलाई सामना गर्नसक्ने साथै रचानात्मक उद्यमी र आलोचनात्मक रुपमा सुचित गतिशिल बनाउने लक्ष्य लिएको छ । त्यस्तै बिएचएमको अध्ययन पुरा भएपछि विद्यार्थीहरु सोझै हस्पिटालिटी क्षेत्रमा योगदान गर्नका लागि तयार हुनेछन् । 

हस्पिटालिटी पछिल्लो समय विश्वकै सबैभन्दा धेरै रोजगारी भएको दोस्रो रोजगारी क्षेत्र हो । प्रत्येक वर्ष ७० लाख जागिर यस क्षेत्रमा खुल्ने अनुमान गरिन्छ । 

द ब्रिटिस कलेजले विद्यार्थीहरुलाई स्पेशलिष्ट झै उनीहरुले रोजेको क्षेत्रको तालिम प्रदान गर्नेछ।  होटल, रिसोर्ट, केटरिङ, बैंक, पानी जहाज, उड्ययन र अन्य धेरै क्षेत्रमा हस्पिटालिटी अध्ययन गरेका विद्याथीहरुले रोजगारीको अवसर पाउनेछन् ।
 
कोर्समा केन्द्रित भएर हेर्दा सैद्धान्तिक र व्यवहारिकताबीच बलियो सम्बन्ध रहेको छ । उच्च योग्य संकाय सदस्यहरुबाट सानो वर्ग बनाएर सेमिनार, लेक्चर्स र ट्युटोरियलमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्नेछन् । 

द ब्रिटिस कलेजले व्यवहारिक पक्षलाई समेत मध्यनजर गर्दै समाबेशी तथा अत्याधुनिक किचन, रेष्टुरेन्ट र रिसेप्सनको व्यवस्था गरेको छ । विद्यार्थीहरुले नयाँ प्रविधि जुन इन्डस्ट्री स्टाण्डर्डका रहेका छन् त्यसको प्रयोग गरी आफ्नो वर्कसपहरु गर्न सक्नेछन् ।

विद्यार्थीहरुले डाइनिंग सर्भिस, कुलिनरी आर्ट्स, फ्रन्ट अफिस, हाउसकिपिङ र अन्य धेरै कुराहरु यो वातावरणमा अभ्यास गर्न पाउनेछन् ।

साथै विद्यार्थीहरुले यस क्षेत्रसँग सम्बन्धित रहेका कलेजका प्रतिष्ठित औद्योगिक पार्टनरहरुसँग फिल्ड वर्क गर्न पाउनेछन् । जहाँ उनीहरुले कुनै पनि चुनौतीको सामना गर्न र समाधान खोज्न साथै नयाँ अवसरहरुलाई हात पार्न सक्नेछन् ।

त्यस्तै विद्यार्थीहरुले ९ -१२ महिने इन्टर्नसिप गर्न पाउनेछन् । प्राप्त अनुभवले उनीहरु ठुला अन्तराष्ट्रिय कम्पनीमा आफुलाई संगठित बनाउन सहयोग गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप