मेसीले पुुजा गरिरहेको पोस्टर रोनाल्डोकी बहिनीले शेयर गरिन्

एजेन्सी । क्रिष्ट्रियानो रोनाल्डोकी बहिनी इल्मा अभिइरोले लियोनल मेसीले रोनाल्डोको प्रार्थना गर्दै गरेको पोस्टर आफ्नो सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । मेसीको बार्सिलोना र रोनाल्डोको युभेन्टस्बीच मंगलबार च्याम्पियन्स लिगमा प्रतिस्पर्धा भएको थियो, जहाँ युभेन्टस् ३–० ले विजयी भयो ।
रोनाल्डोले पेनाल्टीमार्फत दुई गोल गरेका थिए । खेलपछि रोनाल्डोले आफुले मेसीलाई कहिल्यै प्रतिद्वन्द्वी नठानेको दाबी गरेका थिए । यद्यपि, उनकी बहिनीले दाजुको प्रसंशा गर्ने क्रममा स्पष्टैसँग उनलाई मेसीको प्रतिद्वन्द्वीका रुपमा खडा गरेकी छिन् । ‘मेरो राजा । अहिलेसम्मकै सर्वोत्कृष्ट,’ उनले लेखेकी छिन् ।
रोनाल्डोले रियल म्याड्रिडका खेल्दा दुई खेलाडीबीचको प्रतिद्वन्द्वीता उत्कर्षमा थियो । एक दशकभन्दा लामो समयदेखि उनीहरुले फुटबल खेलमा आफ्नो दबदबा कायम गरेका छन् । मेसीले ६ पटक र रोनाल्डोले ५ पटक बेलोन डि अर जितेका छन् ।
यद्यपि, च्याम्पियन्स लिगमा मेसीभन्दा रोनाल्डोको उपलब्धि धेरै छ । उनले अहिलेसम्म पाँचपटक च्याम्पियन्स लिग जितेका छन् । रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट एकपटक र रियल म्याड्रिडबाट चारपटक च्याम्पियन्स लिग जितेका हुन् । यता, मेसीले बार्सिलोनाबाट चारपटक च्याम्पियन्स लिग जितेका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा पनि मेसीभन्दा रोनाल्डो सफल छन् । रोनाल्डोले २०१६ मा पोर्चुगललाई युरो कप जिताएका थिए । तर, दुईपटक कोपा अमेरिकाको फाइनल र एकपटक विश्वकपको फाइनल खेलेका मेसीले अहिलेसम्म अर्जेन्टिनाको राष्ट्रिय टोलीलाई कुनै उपाधि भने जिताउन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध