शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पुटिनका सहयोगीमार्फत प्रेमिकाले वर्षेनी ८० लाख पाउन्ड लिइरहेको खुलासा

शुक्रबार, २६ मङ्सिर २०७७, १३ : १२
शुक्रबार, २६ मङ्सिर २०७७

एजेन्सी ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीले उनकी प्रेमिकालाई रकम उपलब्ध गराउँदै आएको खुलासा रुसी सञ्चारमाध्यम प्रोयक्ट मिडियाले गरेको छ । प्रोयक्ट मिडियाका अनुसार रुसी संस्थापन पक्षीय सञ्चार समूहले पुटिनकी तथाकथित प्रेमिका एलिना कावाइभालाई प्रतिवर्ष झन्डै ८ लाख पाउन्ड उपलब्ध गराउने गरेको छ, यस समूहमा कावाइभा अध्यक्ष छिन् । र, यो समूह रुसी व्यापारी युरी कोभालुकसँग निकट छ, कोभालुकले पुटिनको आर्थिक पाटो हेर्ने गरेको समाचारमा उल्लेख छ । त्यसैले, उनी रुसका दोस्रो शक्तिशाली व्यक्ति मानिन्छन् ।

६९ वर्षीया कोभालचुकबारे प्रायेक्टले लेखेका छ, ‘यी युुरी कोभालचुक हुन्, पुटिनका पुराना साथी र सायद, रुसका दोस्रो प्रभावशाली व्यक्तित्व ।’ राष्ट्रपतिसँगको सम्बन्धकै कारण कोभालचुकले घरेलुु राजनीति तथा मिडियामा नियन्त्रण कायम गर्न सकेको यस समाचारमा उल्लेख छ । ‘जब पुटिन प्रधानमन्त्री बने, तब उनलाई व्यक्तिगत सल्लाहकारको पनि खाँचो थियो । जो व्यक्तिले उनको व्यक्तिगत बैंक खाता, रुसको आन्तरिक राजनीति, आफुुतर्फ झुकाव राख्ने मिडिया, आफ्नो सम्पत्ति र आफ्नी प्रेमिकाको पनि रेखदेख गर्न सकुन् ।’

पूर्व ओलम्पिक च्याम्पियन समेत रहेकी ३७ वर्षीया जिम्यान्स्टिक  खेलाडी कावाइवामात्रै नभएर पुुटिनकी पूर्व प्रेमिका सेभ्टलाना क्रिभोनोगिखलाई यति नै मूल्य बराबरको शेयर रोसिया बैंकमा दिलाइदिने कामको संयोजन पनि कोभालचुकले गरेका छन् । प्रोयक्टका अनुसार क्रिभोनोगिख पुटिनकी एक १७ वर्षीया छोरीकी आमा पनि हुन् । 

रिपोर्टअनुसार पुटिनका दुुई छोरीहरु ३५ वर्षीया मारिया भोनोत्सोभा र ३४ वर्षीया केटरिना टिखोनोभालाई पनि कोलाचुकले आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । यी दुुबै पुटिनकी पूर्वपत्नी तथा रुसकी पूर्व प्रथम महिला लाइउडमिलापट्टीका सन्तान हुन् । सन् २०१३ मा पुटिनले सम्बन्ध–विच्छेद गरेका थिए । प्रोयक्टले लेखेका छन्,‘अर्को शब्दमा भन्नुपर्दा पुटिनका महत्वपूर्ण मिहिलाहरुलाई उनका सल्लाहकारले सहयोग गरिरहेका छन् । 

१ दशमलव ८ अर्ब पाउन्डका मालिक कोलाचुकले प्रत्यक्ष वा अप्रत्यक्ष रुसमा रुसका ९० प्रतिशत परम्परागत मिडियामा नियन्त्रण जमाएको रिपोर्टमा उल्लेख छ । समाचारमा भनिएको छ,‘विगतका राजाहरुझैं रुसी राष्ट्रपतिका पनि विशेष व्यक्ति छन्, जो उनको जीवनका अति महत्वपूर्ण विषयहरुबारे जिम्मेवार छन् । छोरी, प्रेमिका र अन्य विषय पनि उनले नै हेर्छन् ।’

महामारीका दौरान जतिबेला पुटिन आफैं आइसोलेशनमा गएका थिए, तब पुटिनको आर्थिक पाटो हेर्ने यी व्यक्ति उनीसँगै थिए । यद्यपी, यी र यस्ता आरोपहरुलाई पुटिनका प्रवक्ता डिमिट्री पेस्कोभले खण्डन गरेका छन् । उनले यी सबै आरोपहरु निराधार रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप