शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको घटना ५ लाखमा मिलापत्र, ६ जना पक्राउ

शुक्रबार, २६ मङ्सिर २०७७, १२ : १७
शुक्रबार, २६ मङ्सिर २०७७

मोरङको धनपालथान गाउँपालिका–५ मा धानखेतमा मल छर्न गएकी २१ वर्षीया युवती बलात्कृत भइन् । घटना ०७७ भदौ २४ मा भएको थियो । बलात्कारमा संलग्न बेलबारी नगरपलिका–८ घर भएका ३२ वर्षीय सुरेश कुमार खवासलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले मंसिर १९ मा पक्राउ गरेको थियो ।

अनुसन्धान गर्दै जाँदा थाहा भयो, ‘बलात्कार घटना गाउँका चन्तापुर्जा मिलेर मिलापत्र गराइसकेका रहेछन् ।’ मिलापत्र गराउने ६ जनाको समूहलाई  बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–५ घर भएका धनेशु खवास, सुधार सिंह खवास, मागन खवास, कलकनु खवास, जगत नारायण खवास र बेलबावारी–८ घर भएका मथालु खवास छन् ।

गाउँका चल्तापुर्जा सो समूहले ५ लाख लेनदेन हुनेगरी घटना मिलापत्र गराएको प्रहरी उपरीक्षक खड्काले बताए । उनले भने–‘जबर्जस्ती मिलापत्र गराएको थाहा भएको छ, मिलापत्र गरेको काजग बरामद गरेका छौं ।’

डर वा लोभ देखाएर बलात्कार मिलापत्र गराउनेलाई ३ बर्ष कैद र ३० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप