कता हराए मुख्य सचिव ?
उदाहरण– एक
रथी पूर्णचन्द्र थापा २०७५ भदौ २३ गते नेपाली सेनाको प्रधान सेनापति नियुक्त भए । नियुक्त भएको २४ घण्टा कट्न नपाउँदै २४ गते थापाले ४० पृष्ठको ‘प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन–२०७५’ सार्वजनिक गरे । जहाँ आफ्नो कार्यकालमा गर्ने कामका प्राथमिकताहरु त समावेश गरिएका थिए नै, ‘म एउटा योद्धा हुनुका साथै नेपाली नागरिक भएकाले नेपालको संविधानप्रति सधैँ वफादार रहनेछु । मैले मेरो देश, नेपाली सेना, आफ्नो युनिट र सहकर्मी सिपाहीहरुप्रति विश्वास र वफादारिताको सपथ लिएको छु र म त्यसलाई हरहालत पालना गर्नेछु’ भन्ने उद्घोषका साथ १० बुँदे आचार संहितासमेत जारी गरे ।
प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन प्रभावकारिता कस्तो रह्यो ? थापाले भर्खरै सर्वेक्षण गराएका छन् । सर्वेक्षणमा २ हजार ४ सय ९४ जना सेनाका विभिन्न तहका सदस्यहरु सहभागी भएका थिए । कमाण्ड मार्ग निर्देशनको प्राथमिकता अनुसार नै थापाले भ्रष्टाचारलाई नियन्त्रण गर्न अभियान चलाई रहेका छन् । त्यसक्रममा सहायक रथीसमेतलाई कोट मार्शल गरी जागिरबाट बर्खास्त मात्र गरेका छैनन, उनीहरुले गरेको भ्रष्टाचारको बिगो समेत भराएका छन् ।
उदाहरण– दुई
करिव दुई साता अघि ट्राफिक प्रहरी महाशाखामा एसएसपी जनक भट्टराई सरुवा भएर आए । उपत्यकाको ट्राफिक व्यवस्थापनको लगाम सम्हालेको एक सातामै भट्टराईले ‘पिक आवर’ मा मोबाइल भ्यान चलाउन रोक लगाए । कार्यालय लाग्ने र छुट्टी हुने समयमा हुने ट्राफिक जाम नियन्त्रण गर्न सामान बोक्ने ‘मोबाइल भ्यान’ चल्न उनले रोक लगाएका थिए । मंसिर १९ गते ट्राफिक प्रहरी मुख्यालय बग्गीखानास्थित कार्यकक्षमा पत्रकारहरु निम्त्याएर भट्टराईले आफ्नो कार्यकालको योजना अघि सारे । ट्राफिक ‘लाइट’ को ‘सिस्टम’ सुधार्ने, तिनको संख्या बढाउने, ट्राफिक व्यवस्थापनमा आधुनिक प्रविधिको शुरुवात गर्ने योजनाहरु भट्टराईले अघि सारेका थिए ।
यी दुई उदाहरण कुनै पनि ब्यक्ति कुनै पनि तहको प्रमुख भएपछि तिनीहरुले आफ्नो कार्यकालको प्राथमिकता, योजना अघि सार्छन् र त्यसलाई कार्यान्वयन गराउन लागि पर्छन् भन्ने कुराका उदाहरण मात्र हुन् ।
‘नेपाल सरकारको मुख्यसचिव पदमा कार्यरत लोकदर्शन रेग्मीले मिति ०७७÷०६÷१५ गतेदेखि लागू हुने गरी आफ्नो पदबाट दिनु भएको राजीनामा सोही मितिदेखि लागू हुने गरी स्वीकृत गर्ने ।
नेपाल सरकारको रिक्त मुख्यसचिव पदमा परराष्ट्र मन्त्रालयमा कार्यरत सचिव श्री शंकरदास वैरागीलाई नियुक्त गर्ने ।’
ओलीले बैरागीलाई मुख्य सचिव बनाएका हुन्थेनन् भने उनी २२ असोजबाट निवृत्त हुँदै थिए । परराष्ट्र मन्त्रालय हाँक्दा सरदर मात्र कार्य क्षमता देखाएका भए पनि बैरागी प्रधानमन्त्री ओली र उनका भित्रियाहरुलाई रिझाउन भने अब्बल दरिए । त्यसैले निजामती कर्मचारीका १० वटा सेवामध्ये सानो (क्लष्टर) परराष्ट्र सेवाबाट मुख्य सचिव हुन पाउने ’भाग्यमानी’ भित्र बैरागी दर्ज भएका छन् ।
१५ असोज ०७७ को अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले एक र दुई नम्वर बुँदामा गरेको निर्णय हो यो । कार्यकाल सकिन २१ दिन मात्र बाँकी रहेका लोकदर्शन रेग्मीलाई बेलायतको राजदुतको आर्कषक पद थमाएर प्रधानमन्त्री केपी शर्मा ओलीले शंकरदास बैरागीलाई सरकारको मुख्य सचिव बनाएका थिए । ओलीले बैरागीलाई मुख्य सचिव बनाएका हुन्थेनन् भने उनी २२ असोजबाट निवृत्त हुँदै थिए । एक वर्ष कामु र पाँच वर्ष परराष्ट्र मन्त्रालयको सचिवको जिम्मेवारीमा रहँदा नै बैरागीको क्षमता पहिचान भइसकेको थियो । किनभने परराष्ट्र सचिवका रुपमा कार्यरत रहँदा बैरागीले उत्कृष्ट उर्जा देखाउन सकेका थिएनन् । परराष्ट्र मन्त्रालय हाँक्दा सरदर मात्र कार्य क्षमता देखाएका भए पनि बैरागी प्रधानमन्त्री ओली र उनका भित्रियाहरुलाई रिझाउन भने अब्बल दरिए । त्यसैले निजामती कर्मचारीका १० वटा सेवामध्ये सानो (क्लष्टर) परराष्ट्र सेवाबाट मुख्य सचिव हुन पाउने ’भाग्यमानी’ भित्र बैरागी दर्ज भएका छन् ।
जस्तो कि लेखापरीक्षण सेवाका कर्मचारीहरु कार्यालयभित्र मात्र सीमित हुन्छन् । न्याय सेवाका पनि न्यायालयको चौघेराभित्र मात्र बस्छन् । परराष्ट्र सेवाका प्रायः विदेश जाने, ठूला बडाहरुलाई महंगा–मंहगा ब्राण्डका उपहार पुर्याएर फाइदा लिने भित्र पर्छन् । खासमा निजामती कर्मचारी मध्ये प्रशासन सेवाका कर्मचारीहरु वडादेखि जिल्ला, प्रदेश र केन्द्रसम्म जनतासँग प्रत्यक्ष जोडिएका हुन्छन् । गाउँपालिका, नगर र महानगरपालिकामा कार्यकारी प्रमुख, जिल्ला–जिल्लामा सिडियो, सहायक सिडियो, अधिकृत, जिल्ला समन्वय अधिकारीलगायत भएर जाने प्रशासन सेवाकै कर्मचारी हुन् । निजामती कर्मचारीभित्र प्रशासन सेवामै सबैभन्दा बढी दरवन्दी छ । प्रशासन सेवामा अधिकृतहरुको दुई हजार तीन सय ५३, उपसचिव नौ सय २७ र सहसचिवमा दुई सय ८२ जनाको दरवन्दी छ । यसर्थ अपवाद बाहेक सर्वसाधारण नागरिकदेखि सहकर्मी कर्मचारीहरुसँग समेत भित्रदेखि भिजेको प्रशासन सेवाबाटै मुख्य सचिव बनाइने परम्परा थियो । तर, ओली सरकारले बैरागीलाई मुख्य सचिव बनाएर ठूलो समुहमा रहेका प्रशासन सेवाका कर्मचारीहरुको मन कुड्याइसकेको छ ।
अपवाद बाहेक सर्वसाधारण नागरिकदेखि सहकर्मी कर्मचारीहरुसँग समेत भित्रदेखि भिजेको प्रशासन सेवाबाटै मुख्य सचिव बनाइने परम्परा थियो । तर, ओली सरकारले बैरागीलाई मुख्य सचिव बनाएर ठूलो समुहमा रहेका प्रशासन सेवाका कर्मचारीहरुको मन कुड्याइसकेको छ ।
हुन त बैरागी मुख्य सचिव भएको करिव अढाई महिना मात्रै हुँदैछ । यहीबीचमा उनले कोरोना संक्रमणसँग जुध्नु पर्यो । त्यसैले उनको अढाई महिने कार्यकाल समीक्षा गर्न हतारिनु पर्ने समय होइन । तथापि लोक उखान छ, ‘बिहानीले दिनको संकेत गर्छ । लाखौं पाइला हिँड्नु छ भने पनि पहिलो पाइलाबाट प्रारम्भ गर ।’ त्यसैले बैरागीको बिहानीले कस्तो संकेत गर्छ ? उनले पहिलो पाइला कसरी चाले ? उनको बिहानी र पहिलो पाइलाले सुखद संकेत गर्दैन ।
निजामती कर्मचारीहरुको राष्ट्रिय कितावखानाका अनुसार संघ, प्रदेश र स्थानीय तह समेत गरी ९० हजार एक सय ३२ जना कर्मचारी छन् । मुख्य सचिव सिंहदरवारभित्रका मन्त्रालयहरुमा आसिन सचिवहरुको मात्र होइन, दुरुदराजमा कार्यरत हरेक निजामती कर्मचारीहरुको अभिभावक हो । अर्थात ९० हजार एक सय ३२ जना कर्मचारीको प्रमुख हो । तसर्थ मुख्य सचिवले चाल्ने एउटै सकरात्मक वा नकरात्मक कदमले ति कर्मचारीको बृति विकास र मनोबलमा ठूलो उलटपुलट ल्याउन सक्छ ।
स्रोतका अनुसार झण्डै एक वर्ष अघि देखि नै वैरागी मुख्यसचिव हुने दौडमा सहभागी भइरहेका थिए । मुख्य सचिव भए यता उनले आफ्नो कार्यकालमा निजामती कर्मचारीहरुको दक्षता, नागरिकसँग जोडिने व्यवहार, विकास, सुशासनमा कस्तो तस्बिर देख्न चाहन्छन् ? आफ्ना प्राथमिकताहरु सार्वजनिक गरेका छैनन् । नेपाल सरकारका एक जना पूर्व सचिवका अनुसार निजामती कर्मचारीहरु यति रुढ मानसिकताबाट ग्रस्त छन् कि उनीहरुले आफूलाई भन्दा ठूलो कसैलाई ठान्दैनन् । अपवाद बाहेक उनीहरुको दिमागमा घुस्याहा मानसिकता हावी भइसकेको छ । जब्बर नोकरशाही व्यवहार छ । तल्लो तहको कर्मचारीले जतिसुकै राम्रो प्रस्ताव राखे पनि माथिल्लो तहबाट दिएको निर्देशन काट्न संभव छैन । हाकिमले दिएको निर्देशन जतिसुकै असरदार भएपनि खुरुखुरु कार्यान्वयन गर्नुको विकल्प छैन । मिलेर काम गरेर परिणाम देखाउँ भन्ने भन्दा हाकिम रिझाउने, आफुले मात्र जस लिने र त्यस वापत आर्कषक स्थानमा सरुवा खोज्ने प्रवृत्ति हावी छ ।
झण्डै एक वर्ष अघि देखि नै वैरागी मुख्यसचिव हुने दौडमा सहभागी भइरहेका थिए । मुख्य सचिव भए यता उनले आफ्नो कार्यकालमा निजामती कर्मचारीहरुको दक्षता, नागरिकसँग जोडिने व्यवहार, विकास, सुशासनमा कस्तो तस्बिर देख्न चाहन्छन् ? आफ्ना प्राथमिकताहरु सार्वजनिक गरेका छैनन् । नेपाल सरकारका एक जना पूर्व सचिवका अनुसार निजामती कर्मचारीहरु यति रुढ मानसिकताबाट ग्रस्त छन् कि उनीहरुले आफूलाई भन्दा ठूलो कसैलाई ठान्दैनन् ।
‘निजामती कर्मचारीमा योग्यता, अनुभव र कार्यकुशलताका आधारमा जिम्मेवारी बाँडफाँड कमै हुन्छ । हाकिमलाई जसले रिझाउन सक्यो, उसैले राम्रो स्थान पाउँछ । निजामती कर्मचारीको लामो इतिहास भएपनि अहिलेसम्म व्यवस्थित प्रणाली बन्न सकेको छैन्’, तीस वर्ष प्रशासन सेवामा बिताएका ती सचिव भन्छन् ‘प्रणाली वस्तुनिष्ठ नभएपछि चाकरी, चाप्लुसी र हाकिमी प्रवृत्ति झाँङ्गिनु स्वभाविकै हो । सिंहदरवारभित्र कुन कर्मचारी कसप्रति जिम्मेवार रहने र जवाफदेही हुने भन्ने कुरा कार्यान्वयन हुन सकेकै छैन । त्यसैले शंकरदास बैरागीको कार्यकालमा पनि निजामती सेवाले फड्को मार्ला भनेर कल्पना नगरे हुन्छ । किनभने बैरागी आफैं पनि स्वप्नद्रष्टा कर्मचारी होइनन् ।’ केही महिना अघि मात्र निवृत भएका ती सचिवको बैरागीप्रतिको मुल्यांकन जायज देखिन्छ । किनभने मुख्य सचिव बन्ने दौडमा सहभागी भइरहँदा बैरागीले प्रधानमन्त्री ओली र उनी निकटहरुलाई रिझाउने बाहेक कर्मचारी प्रशासन बदल्ने योजनाको खाँका भने केही पनि कोर्न सकेका रहेनछन् । यदि वैरागीसँग त्यस्तो खाका थियो भने यो अढाई महिनासम्ममा अवश्य नै त्यसलाई सार्वजनिक गर्ने थिए ।
पूर्व मुख्य सचिव डा. विमल कोइराला बैरागीको कार्यकाल र कार्यशैलीको समिक्षा यति छिटो गर्न हतारिन नहुने, कमसेकम छ महिना बिताउन दिनुपर्ने बताउँछन् । कोइरालाका अनुसार निजामती कर्मचारीको चरित्र आफ्नै हुन्छ । स्वायत्तता हुँदैन । ‘मुख्य सचिवले कर्मचारीको स्तरोन्नति, नीतिगत प्रस्तावलाई कसरी हेरिरहेका छन् भन्ने कुरा ५–६ महिनापछि मात्र थाहा हुन्छ ।’
पूर्व मुख्य सचिव डा. विमल कोइराला बैरागीको कार्यकाल र कार्यशैलीको समिक्षा यति छिटो गर्न हतारिन नहुने, कमसेकम छ महिना बिताउन दिनुपर्ने बताउँछन् । कोइरालाका अनुसार निजामती कर्मचारीको चरित्र आफ्नै हुन्छ । स्वायत्तता हुँदैन । ‘मुख्य सचिवले कर्मचारीको स्तरोन्नति, नीतिगत प्रस्तावलाई कसरी हेरिरहेका छन् भन्ने कुरा ५–६ महिनापछि मात्र थाहा हुन्छ’, कोइराला भन्छन् ‘अहिलेसम्म विवादमा पर्ने काम गरेका छैनन् । त्यसैले राम्रै काम गर्लान भन्ने अपेक्षा गरौं ।’
नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रितालका अनुसार मुख्य सचिव निजामती कर्मचारीको मात्र होइन, सार्वजनिक सेवामा रहेका सबै कर्मचारीको अभिभावक हो । किनभने ती सबै कर्मचारीलाई नियामन गर्न सक्ने अधिकार मुख्य सचिवलाई छ । त्रितालका शब्दमा मुख्य सचिवका मुख्यतः तीन वटा भूमिका हुन्छन् । पहिलो, मुख्य सचिव मन्त्रिपरिषद्को सचिव हो । दोस्रो, समग्र प्रशासनयन्त्रको अभिभावक हो । तेस्रो, समग्र विकास प्रकृया, जसलाई हेलिकोप्टर भिजन पनि भनिन्छ, लाई हेर्ने, योजना तर्जुमा गर्ने, गर्न सघाउने हो । यी तीनमध्ये अन्तिम चाहिँ असाध्यै महत्वपूर्ण छ ।
‘जनतामा सेवा प्रवाह र विकास निमार्णका कार्यहरु कसरी भइरहेका छन् ? मुख्य सचिवको चासो रहनु पर्छ । जनता र प्रशासकबीचमा विश्वासलाई बढाउने वा घटाउनेमा मुख्य सचिव जिम्मेवार हुन्छ’, स्वच्छ र निडर प्रशासकको छवी स्थापित गरेर निवृत भएका एवं बालुवाटारको ललिता निवास प्रकरणलाई सार्वजनिक गरेका पूर्व सचिव त्रिताल भन्छन्, ‘यसो गर्न मुख्य सचिव बैरागीसँग दुईवटा हतियार छन्, एउटा, सुशासन ऐन लगायतलाई कडाईका साथ कार्यान्वयन गर्ने । अर्को, मन्त्रिपरिषद्को सचिव हुनुको नाताले प्रधानमन्त्रीलाई आवश्यक सूचना दिने र देखिएका कमी कमजोरी सच्याउन उपयुक्त सुझाव दिने पहिलो ब्यक्ति नै मुख्य सचिव हो । मन्त्रिपरिषद्बाट गलत निर्णय हुन नदिन मुख्य सचिव सधैँ चनाखो हुनुपर्छ । र, निडरताका साथ प्रस्तुत हुन सक्नुपर्छ ।’
स्वच्छ र निडर प्रशासकको छवी स्थापित गरेर निवृत भएका एवं बालुवाटारको ललिता निवास प्रकरणलाई सार्वजनिक गरेका पूर्व सचिव त्रिताल भन्छन्, ‘यसो गर्न मुख्य सचिव बैरागीसँग दुईवटा हतियार छन्, एउटा, सुशासन ऐन लगायतलाई कडाईका साथ कार्यान्वयन गर्ने । अर्को, मन्त्रिपरिषद्को सचिव हुनुको नाताले प्रधानमन्त्रीलाई आवश्यक सूचना दिने र देखिएका कमी कमजोरी सच्याउन उपयुक्त सुझाव दिने पहिलो ब्यक्ति नै मुख्य सचिव हो । मन्त्रिपरिषद्बाट गलत निर्णय हुन नदिन मुख्य सचिव सधैँ चनाखो हुनुपर्छ । र, निडरताका साथ प्रस्तुत हुन सक्नुपर्छ ।’
बालुवाटारको ललिता निवास प्रकरणमा वर्षौंपछि गुठीको जग्गा भनेर मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउँदा तत्कालीन मुख्य सचिव लीलामणी पौडेल अलि चनाखो भइदिएका भए निर्णय पारित हुन नसक्ने त्रितालको ठम्याइ छ । मुख्य सचिव पौडेलले यतिका वर्षपछि आएर त्यो जग्गा प्रकरण किन उठाइयो ? प्रधानमन्त्रीज्यू गहिरो गरी नबुझी म यो प्रस्ताव उठाउन, हस्ताक्षर गर्न सक्तिनँ भनिदिएका भए त्यो जग्गाको प्रस्ताव सजिलै मन्त्रिपरिषदबाट पारित हुन नसक्ने त्रिताल बताउँछन् । मुख्य सचिवले मन्त्रिपरिषद्बाट गलत निर्णय हुनबाट रोक्न सक्ने उनको भनाइ छ । ‘अहिलेका मुख्य सचिव बैरागीले भित्र के गरिरहनु भएको छ ? त्यो ठूलो कुरा होइन । किनकि ती निरन्तर चलिरहन्छन्’, त्रितालको कथन छ ‘मुख्य सचिव बैरागीले नयाँ कुरा के गर्न खोज्नु भएको छ, त्यो बाहिर आएको छैन, बाहिर आउनु पर्छ ।’
मुख्य सचिव बैरागी पदभार ग्रहण गरे यता न कछुवाको चाल न खरायोको चालमा देखिन्छन् । स्मरणीय यो छ कि मुख्य सचिवको काम मन्त्रिपरिषद्को प्रस्ताव लेख्ने र हस्ताक्षर गर्ने मात्र पक्कै होइन । त्यसभन्दा माथि उठेर आफ्नो कार्य दक्षता देखाए भने मात्र बैरागी सफल मुख्य सचिवमा दर्ज हुन सक्छन् । नत्र उनले मुख्य सचिवको पद प्राप्त गर्न दौडधुप गर्नुको अर्थ थप केही वर्ष जागिर खान र भित्तामा नाम लेखाउन मात्रै भएको ठहर्नेछ । बैरागीले नाम मात्र लेखाउने हुन् वा काम पनि देखाउने हुन् ? अहिलेसम्मको उनको गुमनामले नाम मात्र लेखाउन उद्दत छन् कि भन्ने आशंकालाई जन्म दिने स्थिति पैदा भएको छ । हैन उनी काम पनि गर्ने योजनामा छन् र आफूले हाँकेको जिम्मेवारीलाई बहन गर्न तत्पर छन् भने चाँडैनै उनका प्राथमिकता र प्रतिवद्धता देख्न÷सुन्न अवश्य नै पाइएला भन्ने आशा गर्नु अर्घेल्याइँ नठहरिएला ।