अमेरिकामा फाइजरको खोप प्रयोग गर्न एफडीएका सल्लाहकारको सुझाव
अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) को खोप र जैविक उत्पादन सल्लाहकार समितिले फाइजर र बायोएनटेकले उत्पादन गरेको कोरोनाभाइरसविरुद्धको खोपको आपत्कालिन प्रयोग गर्ने पक्षमा मतदान गरेको छ ।
समितिका १७ सदस्यले खोपको पक्षमा मतदान गरेका थिए भने चार जनाले विपक्षमा मतदान गरेका थिए । एक जना भने अनुपस्थित थिए । मतदानको अर्थ खोपको प्रयोगका लागि तत्कालै अनुमति दिइनेछ भन्ने चाहिँ होइन ।
एफडीएले सुझावलाई ग्रहण गर्ने वा नगर्ने भन्ने निर्णय लिनेछ । तर संस्थाले खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिने संकेत गरिसकेको छ ।
एफडीएको खोप कार्यक्रमबारेको सल्लाहकार समितिको बैठक बसेर खोपको आपत्कालिन अनुमति दिने वा नदिने निर्णय गर्नुपर्छ । यसको बैठक शुक्रबारलाई तय गरिएको छ र सम्भवतः आइतबार यसबारे मतदान गरिने अनुमान गरिएको छ ।
एफडीएले अनुमति दिएको २४ घण्टाभित्र खोपलाई आवश्यक ठाउँमा पठाउन तयार रहेको अधिकारीहरुले बताएका छन् ।
अर्को हप्ता मोडेर्नाको खोपको बारेमा निर्णय गर्न बैठक बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा सम्झौतापछि ट्रम्प मेक्सिकोप्रति नरम, आयातकर लागू गर्न ढिलाई
-
रातोपाटी ब्रिफिङ : विपिनको रिहाइमा ढिलाईदेखि कुलमानलाई निकालेर प्राधिकरण फर्किने हितेन्द्र शाक्य ‘च्याप्टर ‘क्लोज’सम्म
-
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक