बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

म्युजिक भिडियोमा अन्जु पन्तकी छोरी परितोषिका

बिहीबार, २५ मङ्सिर २०७७, २० : २९
बिहीबार, २५ मङ्सिर २०७७

काठमाडौं । गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्तले अभिनयमा डेब्यु गरेकी छन् । ‘धेरै माया नदेऊ मलाई’ गीतको म्युजिक भिडियो मार्फत उनले अभिनयमा डेब्यु गरेकी हुन् ।

गीतको भिडियो सार्वजनिक भएको छ । जसमा अभिनयमा परितोषिलाई मोडेल कुन्साङ बोम्जनले साथ दिएका छन् ।

पन्तकै स्वर तथा पहिलो पटक संगीत रहेको गीतमा सुरेश वाग्लेको शब्द रहेको छ । १० वर्ष अघि रचित प्रेमिल शब्दले भरिएको यो गीत निकै उत्कृष्ट भएकोले छोरीको डेब्यु यसबाट गराएको गायिका पन्तले बताइन् ।

ममीको अरू गीतमा पनि अभिनयको ‘अफर’ आएको भएपनि यो गीत निकै मनपरेको कारणले यसैबाट डेब्यु गरेको परितोषिकाले बताइन् ।

गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । गीतको भिडियो गायिका पन्तको अफिसियल ‘युट्युब च्यानल’ मार्फत नै बाहिर आएको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप