ऐश्वर्या रायको बिल्डिङबाट हाम फाल्न तयार थिए सलमान, आफैंलाई घाइते पारेका थिए
जतिबेला बलिउड इन्डष्ट्रिमा सबैभन्दा चर्चित जोडीको कुरा आउँछ सलमान खान र ऐश्वर्या रायको नाम पनि त्यो सूचीमा पक्कै पनि आउँछ । ९० को दशकमा यी दुईको प्रेमले सबैको ध्यान आकृष्ट गर्न सफल भएको थियो तर यसले पनि कुनै गन्तव्य पाउन सकेन । दुबैको सम्बन्ध चर्चित तथा विवादित रह्यो ।
ब्रेकअपपछि ऐश्वर्या रायले एक अन्तर्वार्तामा सलमानले धेरैजसो उनीमाथि कुटपिट गर्ने गरेको खुलासा गरिन् । उनका अनुसार सलमानको फोनमा पनि व्यवहार अचम्मको हुन्थ्यो । केहीसँग चक्कर चलिरहेको छ भनेर सलमानले आफूमाथि थुप्रै पटक हात उठाएको पनि ऐश्वर्याले बताएकी थिइन् ।
ऐश्वर्याको आरोपलाई झुटो बताउँदै सलमानले भनेका थिए, ‘मैले उनीमाथि कहिले पनि कुनै प्रकारको कुटपिट गरेको छैन । ’ यद्यपि, उनले आफू एकपटक आधा रातमा ऐश्वर्याको घर बाहिर हंगामा गरेको भने स्विकार गरे । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार सलमान एक समय ऐश्वर्याको प्रेममा पागल थिए । उनी कुनै पनि हालतमा ऐश्वर्यासँग विवाह गर्न चाहन्थे, उनले यसबारे ऐश्वर्यालाई पनि सोधेका थिए । तर ऐश्वर्या आफ्नो करियरको उत्कर्षमा पुगिरहेका बेला घरजम गर्ने मनसायमा थिइनन् ।
खबरका अनुसार सन् २००१ नोभेम्बरको एक रात सलमान ऐश्वर्याको अपार्टमेन्टमा पुगे र मध्यरातमा बेस्सरी उनको घरको ढोका ठोक्न थाले । ऐश्वर्याको अपार्टमेन्ट १७ औं तल्लामा थियो । सलमानले ऐश्वर्यालाई आफ्नो कुरामा जसरी पनि राजी गराउन चाहन्थे जब ऐश्वर्याले उनको कुरा मान्न अस्विकार गरिन् तब सलमानले आफू त्यही तल्लाबाट हाम फालिदिने धम्की दिए ।
खबरका अनुसार सलमानले बिहान ३ बजेसम्म ऐश्वर्याको घरको ढोका ठटाइरहे र उनको हातबाट रगत बग्न थालेको थियो । यस्तोमा ऐश्वर्यासँग ढोका खोल्नुबाहेक अन्य विकल्प थिएन । पछि सलमानले एक अन्तर्वार्तामा आफूले ऐश्वर्यालाई गुमाउने हो कि भन्ने डरले उनी यति उग्र हुने गरेको बताएका थिए ।
सन् २००२ फेब्रुअरीमा सलमानले एक अन्तर्वार्तामा भनेका थिए, ‘मेरो ऐश्वर्यासँग सम्बन्ध छ । यदि तपाईं कुनै सम्बन्धमा हुँदा झगडा गर्नु हुँदैन भने यसको अर्थ तपाईंहरु एक–अर्कालाई प्रेम गर्नुहुन्नँ । म नचिन्ने व्यक्तिसँग किन झगडा गरुँला ? यस्ता कुरा हामीबीच यसकारण हुन्छ किनभने हामी एक–अर्कालाई प्रेम गर्छौं । अब त प्रहरीले यसै पनि मलाई त्यो भवनमा जानबाट रोक लगाएको छ र ऐश्वर्याका पिताले पनि मविरुद्ध उनकी छोरीमाथि अभद्र व्यवहार गरेको भन्दै ऊजुरी दिएका छन् ।’
यद्यपि, सलमानले आफूलाई आफ्नो गल्ती महसुस भइसकेको र ऐश्वर्याका पितासँग कुनै पनि समस्या नभएको बताएका थिए ।
एक अन्तर्वार्तामा ऐश्वर्याले भनेकी थिइन्, ‘म सलमानको रक्सी पिउने बानी र त्यसपछिको दुर्व्यवहारबाट वाक्क भइसकेकी थिएँ । उनले मलाई जथाभावी गाली गर्थे । शारीरिक र मानसिक तनाव दिन्थे ।
ऐश्वर्याले भनेकी थिइन्, ‘थुप्रै पटक उनले मेरो मान सम्मान र गरिमामा ठेस् पुर्याउने किसिमका कुरा पनि गर्दथे । कुनै पनि स्वाभिमानी महिलाले यस्तो कुरा सहन सक्दिनन् । यसै कारण थियो कि मैले सलमान खानसँगको सम्बन्ध समाप्त गरेँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुराका भूकम्प पीडितको पुनर्स्थापना गर्ने कांग्रेस–एमाले संयन्त्रको निर्णय
-
इनफिनिक्सद्वारा बम्पर पुरस्कार हस्तान्तरण
-
पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने
-
पूर्वाधार विकासलाई आर्थिक उपार्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा
-
सरकारको तीन बुँदे ट्राभल एडभाइजरी : थाइल्याण्ड र कम्बोडियासहितका देशमा जाँदा सावधानी अपनाउनू
-
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री श्रेष्ठ एक करोड धरौटी राख्दै सर्वोच्चमा