बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बर्जर पेन्ट्सको होम सिल्ड वाटर प्रुफिङ्ग उत्पादनहरु अब नेपाली बजारमा

बिहीबार, २५ मङ्सिर २०७७, १८ : ०८
बिहीबार, २५ मङ्सिर २०७७

काठमाडौं । नेपालमा विगत २ दशकदेखि सजावट सम्बन्धी रङ्गहरु उत्पादन गर्दै आएको बर्जर पेन्टस् नेपालले होम सिल्ड वाटर प्रुफिङ्ग उत्पादनहरु नेपाली बजारमा ल्याएको छ ।  

कम्पनीका प्रख्यात ब्राण्डहरु जस्तै वेदर कोट लङ्ग लाइफ, वेदर कोट अल गार्ड, सिल्क ग्ल्यामर, सिल्क ब्रेथ इजि उपभोक्ताहरु माझ अत्यन्त लोकप्रिय छन् । 

हालैमात्र सबै प्रकारका वाटरप्रुफिङ्ग सम्बद्ध समस्याहरुलाई निराकरण गर्न यस कम्पनीले होम सिल्ड डिभिजन अन्तर्गत सम्पूर्ण वाटरप्रुफिङ्ग उत्पादनहरु बजारमा उपलब्ध गराएको छ । हाल, बर्जर बिक्री स्थलहरुमा  पियु कोट, ड्याम्प सिल्ड इलास्टो, एडभान्स्ड लेटेक्स प्लस, सिमेन्ट मिक्स प्लस र टायल क्लिनर उत्पादनहरु उपलब्ध रहेका छन् ।

कम्पनीले आगामी केही महिनाभित्रमै होम सिल्ड ब्राण्डअन्तर्गत केही नयाँ उत्पादनहरु उपलब्ध गराउने योजना बनाएको छ । यी उत्पादनहरु नयाँ निर्माण तथा पुराना मर्मत कार्यमा समेत प्रयोग गर्न मिल्दछ । 

पियु कोट पोलियुरेथेनमा आधारित एक वातावरण–मैत्री घोलको वाटरप्रुफिङ्ग स–मिश्रण हो । सिमेन्ट लगाइएका सतहहरुमा अधिक तन्काई र युभि प्रतिरक्षक झिल्ली निर्माण गरी यसले पानीलाई भित्र पस्नबाट रोक्दछ, ओस लाग्न दिँदैन र संरचनालाई प्रतिकूल मौसमी अवस्थाहरुबाट संरक्षण गरेर थप हानी हुनबाट रोक्दछ । 

यो उत्पादनमा १० वर्षे कार्यक्षमताका आधारमा वारेन्टी दिइएको छ । अर्को उत्पादन ड्याम्प सिल्ड इलास्टो एक पोलियुरेथेन परिमार्जित इलास्टोमेरिक घोल पदार्थ प्रयोग गरिएको वाटरप्रुफिङ्ग झिल्ली हो, जुन ६ वर्षे कार्यक्षमताको वारेन्टीसहित सिन्थेटिक फाइबरसँग मिसाइएको छ । 

यी ब्राण्डहरु जल विकर्षक गुणहरु, मजबुत टँसाई, अधिकतम तन्काई (३५०% सम्म) र २ मिमिसम्मका चर्केको सतहलाई छोप्ने विशेषताहरुका साथ उपलब्ध छन् । 

सम्वाददाताहरुको प्रश्नको उत्तर दिँदै कम्पनीका प्रमुख संचालन अधिकृत सत्य प्रकाशले भने, ‘छत र भित्ताहरुको सुरक्षा नगरी त्यत्तिकै छाडिदिँदा त्यसबाट चर्किने, पानी रसाउने, र ओस लाग्ने जस्ता समस्याहरु आउँछन भन्ने तथ्यबाट उपभोक्ताहरु अन्जान भएको कारण त्यसले भविष्यमा गएर वाटर प्रुफिङ्ग एक ठूलो समस्या बन्न जान्छ  र उपभोक्ताहरुले सामना गरेको यसप्रकारका समस्याहरुको निराकरण गर्न अब बर्जर होम सील्डका यी उत्पादनहरु उपयोगी हुनेछन् ।’ 

कम्पनीले १० वर्षसम्मको लागि पानी रसाउने सम्बन्धी यस्ता समस्याहरुबाट घर र संरचनाहरु सुरक्षित हुने दावी गरेको छ । बर्जर होम सिल्ड डिभिजनको प्रस्तुती कम्पनीको नवीनतम खोज र उपभोक्ताहरुलाई आफ्नो घरको सुन्दरता बढाउन मात्र नभई ती घरलाई लामो समयसम्म सुरक्षित राख्ने प्रतिबद्धताको निरन्तरता भएको कम्पनीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप