एड क्लब अफ नेपालद्वारा बिज्ञापन पुस्तकालय संचालन
काठमाडौं । नेपाल विज्ञापन संघ (आन)को भगिनि संस्था एड क्लब अफ नेपालले बिज्ञापन पुस्तकालय संचालनमा ल्याएको छ ।
बिज्ञापन तथा मार्केटिङ क्षेत्रमा सक्रिय युबाहरुको क्लब ‘एड क्लब अफ नेपाल’ले आनको कार्यालय परिसरमा पुस्तकालय संचालनमा ल्याएको हो ।
जसको उद्देश्य नेटवर्किङ, मनिटरिङ, प्रशिक्षणको माध्यमबाट शिर्जनसिलताको अभिबृद्धि गर्दै देशमा बिज्ञापन तथा मार्केटिङ सम्बन्धि ज्ञान बाड्ने हो यस क्लबले बिज्ञापन तथा मार्केटिङसँग सम्बन्धित कर्पोरेट सेक्टर, मिडिया सेक्टर उत्पादन सेक्टरमा प्रत्यक्ष तथा अप्रत्यक्ष लागेका मानिसहरुलाई एकै थलोमा ल्याई बिज्ञापन, ब्राण्डिङ, मार्केटिङ सम्बन्धि ज्ञानको अभिबृद्धि गर्नु हो ।
बिज्ञापन पुस्तकालयको उद्घाटन गर्दे आनका अध्यक्ष रबिन्द्र कुमार रिजाल शशिले देशमा बिज्ञापन तथा मार्केटिङसँग सम्बन्धित सृर्जनात्मक ज्ञानको पहुँच बिभिन्न पेशाकर्मी, विद्यार्थी तथा यस सम्बन्धि जिज्ञासा राख्ने सम्पूर्णमा गराउन पुस्तकालय सहयोगी हुने बताए ।
पुस्तकालयमा बिज्ञापन, मार्केटिङ, अनुसन्धान, अर्थशास्त्र, ब्यवसायिक नीति, ब्यवसाय कानुन, आत्मकथा लेख, घटनाक्रम, रचनात्मक, कला, लोकप्रिय बुलेटिन र लेख सम्बन्धि सयौं पुस्तक रहेका छन ।
एड क्लबका ज्बाइन्ट गर्भनर महेन्द्र श्रेष्ठले नेपाल बिज्ञापन संघ आनको श्रोत, साधन, अनुभबलाई सबैको पहुँचमा पुर्याई बिज्ञापन ब्राण्डिङ मार्केटिङमा गुणस्तर तथा सुधार गर्नु आजको आबश्यकता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना