सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय

चार्जमा राखिएको थियो आइफोन, बाथटबमा खस्दा २४ वर्षीयाको मृत्यु

बिहीबार, २५ मङ्सिर २०७७, १५ : ००
बिहीबार, २५ मङ्सिर २०७७

चार्ज गरिरहेको आइफोनमा बाथटबमा खस्दा २४ वर्षीया एक युवतीको मृत्यु भएको छ । 

ओलेस्या सेमेनोभाको शवलाई रसियाली शहर अर्खान्जेल्स्कमा रहेको एक फ्ल्याटमा उनकी साथीले भेटेकी हुन् । 

‘मैले उनलाई देख्ने बित्तिकै चिच्याएँ, उनलाई हल्लाएँ, तर उनी पहेँलो भइसकेकी थिइन्, उनले सास पनि फेरेकी थिइनन् र जीवनको कुनै संकेत नै दिइनन्,’ डारिया नाम गरेकी उनकी साथीले एमर्जेन्सी अपरेटरलाई भनिन् ।
 
‘म निकै आत्तिएकी थिएँ, जब मैले उनलाई छोएँ, मलाई पनि बिजुलीको झट्का लाग्यो ।’

‘पानीमा स्मार्टफोन थियो र त्यो चार्ज भइरहेको थियो ।’

स्वास्थ्यकर्मीले सेमेनोभाको मृत्यु नुहाउने क्रममा करेन्ट लागेर भएको पुष्टि गरे । उनी एक कपडा पसलमा काम गर्थिन् ।

रसियाका इमर्जेन्सी मिनिस्ट्री उक्त घटनापछि एक चेतावनी जारी गरेको छ । 

‘यो दुर्घटनाले एक पटक पुनः के स्मरण गराएको छ भने पानी र बिजुलीमा जोडिएका विद्युतीय उपकरण निकै घातक हुन्छन् ।’

‘मोबाइलमा पनि यही कुरा लागू हुन्छ ।’

‘पानीमा मोबाइल खस्यो भने यो बिग्रन्छ । तर जब यो कुनै नेटवर्कमा जोडिएको छ भने, स्थिती कतिसम्मको भयंकर हुन्छ, त्यो यहाँ देख्न सकिन्छ । ’

गत अगस्टमा रसियाको एक  विद्यालयमा पढ्ने १५ वर्षे छात्राको नुहाउने क्रममा करेन्ट लागेको मृत्यु भएको थियो । 

अन्तर्राष्ट्रिय परिचय स्थापित गरेकी पोकर स्टार लिलिया नोभिकोभाको पनि गत वर्ष नुहाउँदै गर्दा करेन्ट लागेर मृत्यु भएको थियो ।  – डेलीमेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप