यूएनडीपीको सहकार्यमा साढे २३ करोड रुपैयाँ बराबरको फण्ड ल्याउँदै पर्यटन बोर्ड
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी)ले यूएनडीपीसँगको सहकार्यमा साढे २३ करोड रुपैयाँ बराबरको फण्ड ल्याएर पर्यटन क्षेत्रमा छोटो समयावधीको रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । बोर्डले युनाइटेड नेशन डेप्लमेन्ट प्रोग्राम (यूएनडीपी) सँग १० लाख ५० हजार अमेरिकी डलर अर्थात् १२ करोड ४३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग ल्याएर थप बोर्ड मार्फत यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
जसमा बोर्डले थप १० लाख ६० हजार अमेरिकी डलर थप गरी कुल दुई मिलियन अर्थात् साढे २३ करोड रुपैयाँ बराबरको कोषमार्फत रोजगार कार्यक्रम सञ्चालन गर्न लागिएको पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले रातोपाटीसँग बताए । ‘पर्यटन बोर्डले अब छिट्टै एउटा बृहत रोजगारमुलक कार्यक्रम सञ्चालन गर्दैछ । विदेशी नियोक यूएनडीपीको सहकार्यमा बोर्डले २ मिलियन अमेरिकी डलर बराबरको फण्ड ल्याएर मुलुकमा सर्टट्रम रोजगारमुलक कार्यक्रम सञ्चालन गर्दैछ ।’
प्रवक्ता लामिछानेले भने, ‘यस्तो कार्यक्रम नेपाल भर सञ्चालन हुनेछ । कोभिड–१९ का कारण रोजगारी गुमाएका पर्यटन व्यवसायी, मजदूरहरुका लागि थोरै भएपनि राहतको महशुस होस् भन्ने उद्देश्यले बोर्डले यस्तो पहल गरेको हो ।
‘सो प्रोजेक्टको करिब करिब अब हामी अन्तिम चरणमा छौं । अबको एक दुईदिन भित्रै यूएनडीपीसँग बोर्डको सम्झौता हुन्छ’ लामिछानेले भने ।
प्रवक्ता लामिछानेका अनुसार यस्तो कार्यक्रम पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका कोभिड प्रभावित ग्रामीण पर्यटकीय क्षेत्रहरुमा सञ्चालन गरिनेछ । यूएनडीपीसँगको सहकार्यमा बोर्डको समेत प्रत्यक्ष लगानीमा सञ्चालन गरिने सर्टट्रम रोजगार कार्यक्रममार्फत अधिकतम एक हजार ६ सय जनालाई न्यूनतम ४० दिनको रोजगारी दिने योजना बोर्डले बनाइएको छ ।
त्यसो त बोर्डले केहि समयअघि मात्र यूएनडीपीकै सहकार्यमा १ करोड ४० लाख बराबरको फण्डमार्फत ५ वटा स्थानीयतहमा एक हजार जनालाई ४५ दिनको रोजगार कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रम अहिले पनि जारी रहेको बोर्डले जनाएको छ ।
यहि डिसेम्बर अन्तिमसम्मको म्याद रहेको सो प्रोजेक्ट सक्ने वित्तिकै बोर्डले प्राथमिकताको क्षेत्र छनोट गरी नयाँ प्रोजेक्ट शुरु गर्ने प्रवक्ता लामिछानेले रातोपाटीसँग बताए । नयाँ प्रोजेक्टका लागि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, बोर्ड र निजी क्षेत्रको तर्फबाट ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) को समेत सहभागिता रहने बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
-
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास
-
आकाश भैरवको १२ वर्षे जात्रा धूमधामसँग मनाइँदै, तस्बिरहरू
-
प्राविधिक प्रहरी हवल्दारहरूको बढुवा तथा पदस्थापन (सूचीसहित)
-
सामाजिक अभियानमार्फत कर्णालीमा काम गर्ने नायक पल शाहको चाहना, मुख्यमन्त्रीसँग भेटे
-
प्रवासी नेपाली सेफहरू 'ग्लोबल स्टार अवार्ड'बाट सम्मानित