ad
केन्द्रीय संस्करण
सन्दर्भ : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

महिनावारी : अमर्यादित होइन, सृष्टिको सुन्दरतम् उपहार !

सूदुरपश्ञ्चिम र कर्णालीमा मात्रै हैन, काठमाडौंमा नै पनि छाउपडी !

person explore access_timeमंसिर २५, २०७७ chat_bubble_outline0

काठमाडौं—दैलेखकी सरिता शर्मा पहिलो पटक महिनावारी हुँदा ११ दिनसम्म अध्यारो अनि साघुँरो छाउँ गोठमा बसिन् । सोहीअनुरुप हरेक पटक महिनावारी हुँदा ५ दिन छाउगोठमा रात कटाउन थालिन् । करिब ५ वर्षपछि उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडौंमा आइन् । काठमाडौंमा दुई जना दाईहरुसँगै कोठामा बस्न थालिन् । उनीसँगै बस्ने एक जना दाजु निजामती सेवामा कार्यररत छन् भने अर्का दाजु निजी संस्थामा इन्जिनियर छन

घरबाट काठमाडौं आएपछि महिनावारी बार्न पर्दैन भन्ने उनलाई लागेको थियो । घरबाट आएको करिब १५ दिनपछि  महिनावारी हुँदा दाइहरुलाई थाहा नै दिइनन् । घरबाट आएको दुई महिना पछि किन महिना नभएको भनेर उनलाई दाइहरुले प्रश्न तेर्स्याए । छाउगोठको विरुद्ध परिवार र समाजसँग विद्रोह गर्न आँट गर्न नसके पनि उनलाई महिनावारी हुँदा छाउगोठ बस्न नपरे हुन्थ्यो भन्ने सधै लाग्थ्यो, त्यसैले दाइहरुलाई सत्य कुरा भनिन् ।

कोठामा बसे पनि महिनावारी बार्नुपर्छ देउता रिसाउँछन् भन्दै उनलाई दाइहरुले महिनावारी बार्न बाध्य बनाए । यहाँनेर उनको आँट र विश्वासलाई धक्का त लाग्यो नै, उनका दाइहरुको कथित प्रगति र समाजमा हासिल गरेको अग्रताले पनि हावा खायो ।

यस्तै अर्को उदाहरणका रुपमा काठमाडौंकी बिना श्रेष्ठ ( नाम परिर्वतन) लाई  लिन सकिन्छ । महिनावारी हुँदा छाउगोठमा बस्न नपरे पनि घरका सदस्यलाई नछोइकन, भान्सा तथा अन्य कोठामा प्रदेश नगरिकन छुट्टै कोठामा उनी बस्छिन् । अचम्मको कुरा के छ भने पेशाले उनी स्वास्थ्यकर्मी हुन् भने उनका श्रीमान शिक्षासम्बन्धी गैरसरकारी संस्था चलाउँछन् ।

यसरी समाजमा लामो समयदेखि गहिरो जरो गाडेर रहेको अन्धविश्वासका कारण शिक्षित परिवारका नारीहरुसँगै र सूदुरपश्ञ्चिम अनि कर्णालीमा मात्रै नभएर देशका हरेक ठाउँमा फरकफरक शैलामा कुनकुनै रुपमा छाउपडी परम्परालाई अपनाउन बाध्य भएको पाइन्छ ।

महिनावारी हुनु कुनै अपराध र पापको कुरा होइन । यो त नितान्त प्राकृतिक कृरा हो । वास्तवमा हरेक स्तनधारी प्राणीका लागि त यो त्यो पवित्र प्रक्रिया हो, जसको आधारमा नै उनीहरुको वंशचक्र सुनिश्चित भएको हुन्छ । स्तनधारीमा महिनावारीको चक्र रोकिनु वा सम्पन्न नहुनु भनेको सृष्टिको चक्रमा विराम लाग्नु हो, उनीहरुको वंशबृद्धिको प्रक्रियामा पूर्णविराम लाग्नु हो ।

महिनावारी हुनु कुनै अपराध र पापको कुरा होइन । यो त नितान्त प्राकृतिक कृरा हो । वास्तवमा हरेक स्तनधारी प्राणीका लागि त यो त्यो पवित्र प्रक्रिया हो, जसको आधारमा नै उनीहरुको वंशचक्र सुनिश्चित भएको हुन्छ । स्तनधारीमा महिनावारीको चक्र रोकिनु वा सम्पन्न नहुनु भनेको सृष्टिको चक्रमा विराम लाग्नु हो, उनीहरुको वंशबृद्धिको प्रक्रियामा पूर्णविराम लाग्नु हो ।

वंशवृद्धिको अनिवार्य शर्त महिलाको गर्भशायमा अण्डा बन्नु हो । प्रजनन कार्य र सन्तानोत्पत्तिका लागि उमेर परिपक्व  भएसँगै स्त्री वा पोथी जातिमा चल्ने यो प्राकृतिक प्रक्रियामा त्यो अण्डा शुक्रकीटबाट निषेचित भयो भने जीवनको नयाँ चक्र शुरु हुने हुन्छ । निषेचित हुन नसकेको अवस्थामा भने त्यो अण्डा प्रयोजनहीन हुन्छ र रगतको रुपमा योनीमार्ग हुँदै शरीरबाट बाहिर निस्कन्छ । यो प्रक्रिया ३ देखि ५ दिनसम्म चलिरहन्छ, जुन समयावधिलाई महिनावारी भनेर भनिन्छ यो प्रक्रिया अपवादमा बाहेक सामान्यतया २८ दिनको अन्तरमा चलिरहन्छ । प्रकृति वा जीव विज्ञानको यो सामान्य नियमलाई पनि धर्म–अन्धविश्वासको जालोले छोपेर छुवाछूत गर्ने– अपवित्र ठान्ने गरिन्छ । अरु बेलाको तुलनामा अझ बढी आराम, स्वस्थकरण वातावरण र खानपीनको जरुरत पर्ने बेलामा  सुदुर पश्चिम तथा कर्णालीका कतिपय भेगमा महिलाहरु अस्वस्थकर र राम्ररी आराम गर्न पनि नपाउने छाउगोठमा बस्न बाध्य तुल्याइन्छ । त्यस्तो स्थानमा बस्दा निस्सासिएर, सर्पको डसाइ, जंङली जनावर र बलात्कार आदि कारणले महिलाहरु पीडित हुने तथा ज्याननै समेत गुमाउन बाध्य हुनुपर्ने क्रम रोकिएको छैन । बालकालिका, महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयको तंथ्याङ्क अनुसार, छाउगोठमा बस्दा ०६४ सालयता २६ जनाको अकांलमा ज्यान गइसकेको छ ।

सूदुरपश्ञ्चिम र कर्णाली प्रदेशका गाउँगाउँमा छाउ प्रथा भए झैं देशका अन्यमा भागमा छाउप्रथाको नाम नदिए पनि कुनकुनै रुपमा महिनावारीलाई अमर्यादित रुपमा लिने चलनले व्यापक जरो गाडेको छ । महिनावारी भएका र सुत्केरीहरुलाई असुरक्षित र अस्वस्थकर स्थानमा बस्न बाध्य बनाउने छाउपडी प्रथालाई सरकारले २०६३ वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरी कुरीति भनेर घोषणा गरेको थियो । मुलुकी अपराध संहिता २०७४ ले महिनावारीसम्बन्धी कुरीतिजन्य व्यवहारलाई फौजदारी कसुर भनेर किटान नै गरेको छ । त्यसमा सामाजिक विभेद र भेदभाव तथा अपमानजनक व्यवहारविरुद्धका कानुनी व्यवस्था सम्बन्धमा महिलाको रजस्वला वा सुत्केरीको भएको अवस्थामा छाउपडीमा राख्ने वा अन्य कुनै किसिमका भेदभाव, छुवाछूत तथा अमानवीय व्यवहार गर्ने वा गराउनु हुँदैन भन्ने उल्लेख गरिएको छ । यस्तो गरेमा तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

भौतिक रुपमा थुप्रै छाउगोठहरु त अवश्य पनि भत्किए, तर मानिसको मनमस्तिष्कमा जरो गाडेर बसेको देउता–ईश्वर वा परमेश्वर रिसाउँछ भन्ने खालको छाउपडी प्रथाको जब्बर भ्रम–अन्धविश्वासलाई त्यसले मेट्न सकेन । फलतः महिनावारी र सुत्केरी हुँदा छाउगोठमा बस्ने महिलाको संख्या भने खासै कमी नआएको सामाजिक अभियन्ताहरुले बताउँदै आएका छन् ।

कानुनमा यस्तो व्यवस्था भए पनि गत्तसाल गृहमन्त्रायलको निर्देशनमा सूदुरपश्ञ्चिम र कर्णाली प्रदेशका १९ जिल्लाका छाउगोठ धमाधम भत्काउने काम भयो तर, त्यो प्रभावकारी हुन सकेन । मानिसको मनमस्तिष्कमा जरो गाडेको महिनावारीसम्बन्धी धार्मिक–साँस्कृति भ्रमलाई तोड्ने काम हुन सकेन । फलतः भौतिक रुपमा थुप्रै छाउगोठहरु त अवश्य पनि भत्किए, तर मानिसको मनमस्तिष्कमा जरो गाडेर बसेको देउता–ईश्वर वा परमेश्वर रिसाउँछ भन्ने खालको छाउपडी प्रथाको जब्बर भ्रम–अन्धविश्वासलाई त्यसले मेट्न सकेन । फलतः महिनावारी र सुत्केरी हुँदा छाउगोठमा बस्ने महिलाको संख्या भने खासै कमी नआएको सामाजिक अभियन्ताहरुले बताउँदै आएका छन् ।

वास्तवमै भन्ने हो भने सरकार र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले मर्यादित महिनावारी बारे जनचेतना फैलाए पनि महिनावरी र सुत्केरीलाई गर्ने व्यवाहर र हेर्ने दृष्टिमा खासै परिर्वतन आएको छैन ।

नेपालमा छाउपडीका अनेक रुप छन्

छाउप्रथा सूदुरपश्ञ्चिम र कर्णाली मात्रै भनिन्छ । तर, महिनावरी हुँदा बार्ने तरिका फरकफरक भएपनि यसको प्रारुप धेरै खालका छन् । नेपालमा अपवादमा बाहेक धेरै ठाउँमा महिनावारी र सुत्केरी हुँदा बार्ने प्रचलन रहेको मर्यादित महिनावारीका बारेमा आवाज उठाउँदै आएकी डा. अरुणा उप्रेतीको ठम्याइ छ । ‘सूदुरपश्ञ्चिम र कर्णालीमा अन्धविश्वासका कारण छाउप्रथाले निरन्तरता पाइरहेको छ,’ उनी भन्छिन्, ‘शहरी क्षेत्रमा बस्ने शिक्षित परिवारमा र स्वास्थ्यकर्मीकै घरहरुमा अन्धविश्वासले जरा गाड्दा महिनावारी हुँदा छुट्टै कोठामा छुट्टै लुगा लगाएर  बस्ने, भान्सामा नछिर्ने, मन्दिर नजानेको कमी छैन ।’

नेपालमा ठूलो जमातले महिनावारीलाई अमर्यादित ठान्ने कुरालाई निरन्तरता दिएका छन् । त्यसैले पहिले मानिसको मानसिकतामा नै परिवर्तन गर्नुपर्ने खाँचो डा. उप्रेती देख्छिन् । उनी ‘छाउगोठ धमाधम भत्काउँदैमा महिनावारीलाई मर्यादित बनाउन नसकिने’ बताउँछिन् । ‘घरभन्दा बाहिर रहेका छाउगोठ भत्काएर मनभित्र रहेको छाउलाई हटाउन गाह्रो पर्ने’ उनी बताउँछिन् ।

पश्चिम र पूर्वी भेगका कतिपय जिल्लाहरुमा पहिलो पटक महिनावारी भएदेखि एक वर्ष नपुगुन्जेल प्रत्येक महिना घरको कोठामा वा गोठको थारोमा लुकाउने चलन छ । यस्तै महिनावारी भएको एक पुगेपछि छोरी बुहारीहरुले महिनाको चार दिनसम्म भान्सा, पुजाकोठामा पस्न पाउँदैनन् । महिनावारी हँुदा बार्ने चलन बढी ब्राम्हण क्षेत्री परिवामा हुने गर्छ । 

नेपालमा ठूलो जमातले महिनावारीलाई अमर्यादित ठान्ने कुरालाई निरन्तरता दिएका छन् । त्यसैले पहिले मानिसको मानसिकतामा नै परिवर्तन गर्नुपर्ने खाँचो डा. उप्रेती देख्छिन् । उनी ‘छाउगोठ धमाधम भत्काउँदैमा महिनावारीलाई मर्यादित बनाउन नसकिने’ बताउँछिन् । ‘घरभन्दा बाहिर रहेका छाउगोठ भत्काएर मनभित्र रहेको छाउलाई हटाउन गाह्रो पर्ने’ उनी बताउँछिन् । मर्यादित महिनावारीको बारेमा सकारात्मक तरिकाले सोच्ने बानीको बिकास गराउन सकेमा मात्रै छाउगोठ भत्काएको सार्थक हुने उनको भनाइ छ ।

विगतको तुलनामा नयाँ पुस्तामा छाउ बस्ने प्रचनल सही होइन भन्ने चेतनाका विकास भएको छ । तर, लामो समयदेखि अन्धविश्वासले जगडिएको कुरीतिलाई प्रतिवाद गर्ने क्षमता सबै विकास भइसकेको छैन । 

‘छाउपडी प्रथालाई अन्त्य गर्न मानसिक रुपमा चेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनुपर्ने’ खाँचो देख्छिन् डा. उप्रेती । महिनावारी र सुत्केरी भएकाहरु किन छाउगोठमा बस्नु हुँदैन भन्ने कुरा चेतनामूलक कार्यक्रमहरु मार्फत गहन रुपमा बुझाउन सकेमा छाउगोठ आफैँ भत्कने उनको तर्क छ ।

सबै धर्मको मूलग्रन्थमा महिनावारीलाई पाप भनिएको छैन

भारतको गुवाहटी क्षेत्रमा रहेको योनी पीठमा वर्षेनी जून  २२, २३ र २४ मा रगत बग्छ । त्यस कामरुप कामाख्या योनी पीठलाई सतीदेवीको योनी पतन भएको जनविश्वास गरी जून महिनाको ३ दिन पूजा गरिन्छ । यस्तै नेपालमा उपत्यकाका नेवार समुदायले मच्छिन्द्रनाथको पूजा गर्छन् । मच्छिन्द्रनाथका पूजालाई चक्र पूजा अर्थात् योनी पूजा समेत भनिन्छ । त्यस्तै उपत्यका विभिन्न स्थानहरुमा योनीपीठ मानेर वा छिद्रमाथि कलश राखेर पूजाआराधना गर्ने प्रचलन छ । यसरी परम्परागत्त रुपमा योनी पीठहरुलाई पुज्दै आएका समाजबाटै प्रकृतिक रुपमा योनीबाट रगत बग्दामा नारीहरुले शारीरिक, मानसिक पीडा खेप्दै आएका छन् ।

विश्वमा हिन्दु, बौद्ध, इस्लाम, क्रिष्चियन गरी मूलतः चार वटा धर्महरु बढी प्रचलित छन् । यी चारवटै धर्मका धर्मग्रन्थहरुले ‘ महिनावारीलाई पापको रुपमा नलिएको’ अन्तरधार्मिक राष्ट्रिय संजालकी कार्यक्रम व्यवस्थापक नहिदा बानु बताउँछिन् ।

महिलाहरु महिनावारी हुँदा आरामको खाँचो पर्ने भएकाले सकेसम्म पूजापाठसँगै अन्य काममा सरिक नभइकन आराम गर्नुपर्छ । इस्लाम परम्परामा ‘महिनावारी हुँदा पूजा नगर्ने तर छुवाछुत भेदभावजन्य व्यवहार नहुने’ न्तरधार्मिक राष्ट्रिय संजालकी कार्यक्रम व्यवस्थापक नहिदा बानु बताउँछिन् ।

उनका अनुसार, महिलाहरु महिनावारी हुँदा आरामको खाँचो पर्ने भएकाले सकेसम्म पूजापाठसँगै अन्य काममा सरिक नभइकन आराम गर्नुपर्छ । इस्लाम परम्परामा ‘महिनावारी हुँदा पूजा नगर्ने तर छुवाछुत भेदभावजन्य व्यवहार नहुने’ उनले बताइन् ।

उनको बुझाइमा प्याड, टालो अभाव हुने भएकाले विगतमा सरसफाइका दृष्टिले छुट्टै बस्न भनिएको हुन सक्छ । तर महिनावारी हुँदा अशुद्ध हुने र घरभन्सामा छिर्न नहुने भनेर धार्मिक ग्रन्थमा उल्लेख नगरिएको उनी बताउँछिन् ।

सूदुरपञ्चिम, कर्णाली प्रदेशमा बसोवास गर्ने महिलाहरु क्रिश्चियन, इस्लाम, बौद्ध धर्ममा आस्था राख्ने महिलाहरु समेत छाउगोठमा बस्दै आएको उनले सुनाइन् । ‘कुनै पनि धर्मको मूल धर्मग्रन्थमा महिनावारीलाई पापको रुप लिएको छैन्,’ उनी भन्छिन् ‘कुनै कालखण्डमा महिलामा माथि केही वर्गले शासन गर्दा र आफ्नो प्रभुत्व थोपर्न खोज्दा यो प्रथाले प्रश्रय पाएको हुन सक्छ ।’ महिनावारीका नाममा भएका गलत अभ्यासका विरुद्धमा महिला अझ धेरै सक्रिय हुनुपर्ने उनको धारणा छ । 

छाउपडी प्रथासँग राजनीतिक दल पनि डराउँछन्

 छाउप्रथाको विषयमा कर्णाली र सुदूरपश्चिमका सरकार र पार्टीको नेतृत्व गर्ने नेताहरु चुनावमा भोट नपाउने डरले बोल्न नसकेको डा. उप्रेती बताउँछिन् । कर्णाली र सुदूरपश्चिमबाटै प्रतिनिधित्व गर्ने राष्ट्रिय राजनीतिका हस्तीहरुले छाउपडी विरुद्धको अभियानमा हातेमालो गरेर ऐक्यबद्धता जनाएर उत्रिएको खण्डमा कुरीति विरुद्ध जनचेतना बढ्ने उनको भनाइ छ ।

छाउप्रथाको विषयमा कर्णाली र सुदूरपश्चिमका सरकार र पार्टीको नेतृत्व गर्ने नेताहरु चुनावमा भोट नपाउने डरले बोल्न नसकेको डा. उप्रेती बताउँछिन् । कर्णाली र सुदूरपश्चिमबाटै प्रतिनिधित्व गर्ने राष्ट्रिय राजनीतिका हस्तीहरुले छाउपडी विरुद्धको अभियानमा हातेमालो गरेर ऐक्यबद्धता जनाएर उत्रिएको खण्डमा कुरीति विरुद्ध जनचेतना बढ्ने उनको भनाइ छ ।

कर्णाली र सुदूरपश्चिमबाटै प्रतिनिधित्व गर्ने नेता शेरबहादुर देउवा, आरजु राणा देउवा, भीम रावल, लोकेन्द्रबहादुर चन्द लगायतले छाउपडीको विषयमा बोल्न नसकेको उनको आरोप छ । सो क्षेत्रका नेताहरुले छाउगोठ भत्काउने कार्यमा मात्रै ऐक्यबद्धता नजाएर मानसिक रुपमा जरो गाडेर बसेको अन्धविश्वासको जालोलाई क्रमशः न्यून गर्न योजनावद्ध कार्यक्रम गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

 महिनावारी हुँदा सरसफाइ खानपानमा ध्यान दिनुपर्छ

महिनावारी, सुत्केरी हुँदा महत्त्वपूर्ण कुरा भनेको सरसफाइ हो । महिनावारी बार्दा छुट्टै साँघुरो छाउगोठमा बस्दा निसासियर ज्यान गएका समाचार नेपालको लागि नौलो होइन ।  छाउगोठ बस्दा सर्पले डसेर, जंगली जनावरको आक्रमण र बलात्कार आदि कारणले पनि मृत्युभएको छ । सुत्केरी छाउगोठ बस्दा सुत्केरी र शिशुलाई स्वास्थ्यसम्बन्धी अनेक समस्या पर्र्न सक्ने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका डा.कृतिपाल सुवेदी बताउँछन् ।

छाउगोठमा बस्दा महिनावारी भएका महिलाले सरफाइ नगरेको खण्डमा प्रजनन समस्या आउनुका साथै छाउगोठबाट बाहिर निस्किएपछि क्रमशः स्वास्थ्य समस्या झाङिदै गएर मृत्यु समेत हुने डा.सुवेदी बताउँछन् ।

 छाउगोठमा बस्दा महिनावारी भएका महिलाले सरफाइ नगरेको खण्डमा प्रजनन समस्या आउनुका साथै छाउगोठबाट बाहिर निस्किएपछि क्रमशः स्वास्थ्य समस्या झाङिदै गएर मृत्यु समेत हुने डा.सुवेदी बताउँछन् । महिनावारी हुँदा सम्भव भए गुणस्तरीय प्याडको प्रयोग गर्ने, यदि सम्भव नभए सफा सुतीको टालो प्रयोग गर्न उनको आग्रह छ । सुत्केरी र महिनावारी हुँदा दुधदही तथा दुधजन्य पदार्थबाट निर्मित स्वस्थ खानेकुरा, माछा,मासु, भिटाभिन युक्त पौष्टिक आहारा खानुपर्ने उनी बताउँछन् । डा. सुवेदीको भनाइमा महिनावारी र सुत्केरी हुँदा आरामदायी र सुरक्षित स्थानसँगै खानपान र सरफाइ अति आवश्यक पर्छ ।

सरकार मर्यादित महिनावारी बनाउने प्रयासमा छ

‘महिनावारीप्रतिको अन्धविश्वासी सोच सूदुरपञ्चिम र कर्णाली प्रदेशमा मात्रै छैन,’ उनले भने, ‘नेपालका अन्य ठाउँसँगै शहरी क्षेत्रहरुमा समेत यो कुनै न कुनै रुपमा विद्यमान छ र ती क्षेत्रका महिलाहरुले पनि अलि फरक तरिकाले यसलाई मान्दै आएका छन् ।’ –महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयक प्रवक्ता टेकराज निरौला

सूदुरपञ्चिम र कर्णालीमा जकडिएको छाउप्रथालाई उन्मुलन गर्ने प्रयासमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभियान जारी रहेको प्रवक्ता टेकराज निरौला बताउँछन् । मयादित महिनावारी बनाउन समाजमा रहेको अन्धविश्वास तथा  परम्परालाई एकै पटकमा निमिट्यान्न पार्न नसकिने उनको भनाइ छ । सरकारी तथा गैरसरकारी संघसंस्थाको पहलमा तुलनात्मक रुपमा सोच र व्यवहारमा परिर्वतन आएको उनी बताउँछन् । ‘महिनावारीप्रतिको अन्धविश्वासी सोच सूदुरपञ्चिम र कर्णाली प्रदेशमा मात्रै छैन,’ उनले भने, ‘नेपालका अन्य ठाउँसँगै शहरी क्षेत्रहरुमा समेत यो कुनै न कुनै रुपमा विद्यमान छ र ती क्षेत्रका महिलाहरुले पनि अलि फरक तरिकाले यसलाई मान्दै आएका छन् ।’

निरौलाका अनुसार, महिनावारी प्रकृतिक प्रक्रिया हो । तर देउता रिसाउने नाममा   महिनावारी भएका महिला समुचित खानपान, सुरक्षा, स्वास्थ्य र सरसफाइ जस्ता आधारमभूत कुराहरुबाट बञ्चित हुन बाध्य छन् । सरकारले मर्यादित महिनावारी बनाउनका लागि विभिन्न खालका जनचेतनामूलक कार्यक्रम अगाडि बढाउँने नयाँ योजनाका साथ  अघि बढिरहेको प्रवक्ता निरौला बताउँछन्

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.