शाही जीवनशैलीका शौखिन हुन् अजय देवगन, विलासी कार– नीजि विमानका हुन् मालिक

फिल्म ‘फूल और कांटे’ बाट फिल्ममा आफ्नो यात्रा सुरु गरेका अजय देवगन यो उद्योगका चल्तीका नायक हुन् । ९० को दशकमा आफ्नो करियर सुरु गर्ने अजय देवगन आज पनि आफ्ना हरेक फिल्मका लागि मोटो रकम लिने गर्छन् । उनको पारिश्रमिकले उनको जीवनशैलीलाई राजसी बनाइदिएको छ ।
अजय देवगन कारका शौखिन हुन् । यही कारण अजयसँग सबैभन्दा उत्कृष्ट कारको कलेक्सन पनि छ ।
अजयले सन् २००६ मा Maserati Quattroporte खरिद गरेका थिए । उनी यस्तो कार किन्ने पहिलो भारतीय बनेका थिए । यो कारको मूल्य त्यतिबेला २.८ करोड थियो । अजयसँग यसबाहेक रेन्जरोवर वोग गाडी पनि छ । यो कार आफ्नो उत्कृष्ट अफ–रोड परफर्मेन्सका लागि परिचित छ र यसको मूल्य २.७ करोड हो । यसबाहेक उनीसँग प्रतिष्ठित ब्रान्ड मर्सिडिज बेन्जको एस क्लास कार पनि छ । यो विलासी कारको मूल्य १.४ करोड छ र यो कार सेलिब्रिटीबीच निकै लोकप्रिय छ ।
सूर्यवंशीको ट्रेलर रिलिजमा रोल्स रोयसमा पुगेका थिए अजय देवगनः
अजय देवगन टू–सीटर कार बीएमडब्ल्यू जेड ३ का पनि मालिक हुन् । यो कार युवाबीच निकै लोकप्रिय छ । यो कारको मूल्य करिब ९८ लाख हो । अजयसँग यसबाहेक रोल्स रोयस कलिनन पनि छ । यो सुपर लग्जरी कारको मूल्य ६.९५ करोड भारु हो । उनी फिल्म सूयंवंशीको ट्रेलर रिलिजका बेला आफ्नो यो कारमा सवार थिए । उनी आफ्नो फिल्म तानाजीको प्रिमियरका बेला पनि यसै गाडी लिएर पुगेका थिए ।
अजय बलिउडका ती सिमित नायकमध्ये एक हुन् जोसँग आफ्नो नीजि जेट छ । उनले सन् २०२० मा यो जेट खरिद गरेका थिए । अजय यो जेटको प्रयोग सुटिङ, प्रोमोशन र नीजि यात्राका लागि गर्छन् । हकर ८०० नामको यो विमानको मूल्य ८४ करोड बताइन्छ । यद्यपि, केही रिपोर्टका अनुसार अजयले आफ्नो यो विमान बेचिसकेको पनि बताउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उकालो चढ्न नसकेको जिप ब्याक भएर दुर्घटना, २ को मृत्यु
-
न्युजिल्याण्डको जितसँगै आयोजक पाकिस्तान ‘आउट’
-
अण्डाको मूल्य बढ्यो
-
मलेप र अख्तियारलाई प्रश्नैप्रश्न
-
सेन्ट जेभियर्सको भर्ना प्रक्रियामा गोला प्रथाबारे सर्वोच्चको कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म