सगरमाथाको नयाँ उचाइ घोषणासँगै नेपाल र चीनबीचको मित्रता पनि नयाँ उचाइमा पुग्योः चीन

काठमाडौं । चीनले सगरमाथाको नयाँ उचाइ घोषणासँगै नेपाल र चीनबीचको मित्रता पनि नयाँ उचाइमा पुगेको दाबी गरेको छ । बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लि च्येनले सो कुरा बताएका हुन् । प्रवक्ता च्येनले सगरमाथाको नयाँ उचाइ घोषणा हुनु चीन र नेपाल बीचको मित्रतामा नयाँ कोशेढुंगा थपिएको बताए ।
उनले भने– ‘यसले ट्रान्स–हिमालयन बहुपक्षीय नेटवर्क विस्तारमा समेत सहयोग पुग्छ ।’ प्रवक्ता च्येनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली समकक्षी विद्यादेवी भण्डारीले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेको उल्लेख गर्दै यसले दुई देशबीचको मित्रतामा नयाँ कोशेढुंगा थपिएको दाबी गरे ।
प्रवक्ता च्येनले दुई देशबीचको यो पहलकदमीले कोरोना महामारीबाट आक्रान्त विश्वमा नयाँ आशा जगाएको समेत स्पष्ट पारे । उनले चीन र नेपालले झैं मिलेर समझ्दारीबाट साथ काम गरेमा कोराना भाइरसलाई सजिलै हराउन सकिनेमा जोड दिए । चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको यसै वर्ष ६५ वर्ष पुग्ने बताउँदै उनले दुई देशको पहलकदमीबाट बिआरआईमा सहकार्यमा समेत प्रगति भैरहेको दाबी गरे ।
मंगलबार नेपाल र चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेमी बढेको घोषणा गरेका थिए । यो घोषणासँगै सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८.८६ मिटर स्थापित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थल निर्माणमा संलग्न सबैमाथि अनुसन्धान गर्न लेखा उपसमितिको सुझाव
-
कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ, ९२ जना अधिकृत सहभागी
-
थुनामा रहेका भुटानी शरणार्थीलाई देश निकाला नगरी वैशाख ११ गते इजलासमा पेस गर्नू : सर्वोच्च अदालत
-
दुई वर्षका लागि सम्झौता नविकरण गरे लिभरपुलका कप्तानले
-
काठमाडौँ विश्वविद्यालयसँग सहमतिपछि अखिल क्रान्तिकारीको आन्दोलन फिर्ता
-
रामबहादुर बमजनले पाए सफाइ