शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपमा ‘तेस्रो लिंगी’ पक्राउ

बुधबार, २४ मङ्सिर २०७७, २० : ५८
बुधबार, २४ मङ्सिर २०७७

काठमाडौं । युवती बलात्कार गरेको आरोपमा तेस्रो लिंगी सागर केसी उर्फ शारदालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत जनसेवाबाट खटिएको टोलीले काठमाडौं–२८ बागबजार बस्ने २४ बर्षीय शारदालाई पक्राउ गरेको हो । 

दिउँसो केटा र राती केटीको रुप धारण गरेर हिँड्ने शारदाले २६ बर्षीया युवतीलाई बलात्कार गरेको महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी सुनिलजंग शाहले रातोपाटीलाई बताए । 

शारदाले मंसिर १२ मा मध्यराती खुल्लामञ्च नजिकै  बलात्कार गरेको आरोप लागेको छ । सल्यान कुमाखमालिका गाउँपालिका–७ घर भएका उनलाई पक्रेर प्रहरीले बलात्कार मुद्धामा अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप