शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदर्शनको रणनीति बनाउन काँग्रेसले बोलायो पदाधिकारी बैठक

बुधबार, २४ मङ्सिर २०७७, २० : ५५
बुधबार, २४ मङ्सिर २०७७

काठमाडौं ।  प्रमुख तिपक्षी नेपाली काँग्रेसले विहीबारलाई पदाधिकारी बैठक बोलाएको छ। काँग्रेस सहमहामन्त्री प्रकाशरण महतका अनुसार सरकारविरूद्ध देशव्यापी प्रदर्शनको रणनीति तय गर्न बिहीबार बिहानका पदाधिकारी बैठक बोलाइएको हो।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठकले २९ गतेको प्रदर्शन र १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न बैठक बोलाइएको महतले जानकारी दिए ।

शुक्रबार देउवा निवासमा बसको पदाधिकारी बैठकले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शनको घोषणा गरको थियो । जिल्लाहरूमा हुने प्रदर्शनमा केन्द्रबाट प्रतिनिधि पठाउने रनपठाउनेबारे पनि बैठकले निर्णय गर्नेछ।

सरकारी विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकन् भ्रष्टाचार काण्ड र बेथितिलाई काँग्रेसले विरोध प्रदर्शनको एजेण्डा बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप