अन्तरदेशीय अपराध रोक्न आपसी सहकार्य जरुरी छः महानिरीक्षक थापा

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सङ्गठित र बढ्दो अन्तरदेशीय अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने विश्वभरका निकायबीच आपसी सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन् ।
मित्रराष्ट्र चीनमा शुरु भएको अन्तरदेशीय अपराध नियन्त्रणका सम्बन्धमा आन्तरिक मामिलामन्त्री र सुरक्षा अधिकारीबीच भएको बैठकलाई भर्चुअल माध्यमबाट आज सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक थापाले विज्ञान र प्रविधिको विकाससँगै भित्रिएका नवीन सुरक्षा चुनौतीको सफलतापूर्वक समाधान गर्न पनि सहकार्य जरुरी हुने धारणा व्यक्त गरे ।
विद्युतीय अपराध, अन्तर्राष्ट्रिय सङ्गठित अपराध, सीमा, मानव बेचबिखन, आर्थिक, लागुऔषध ओसारपसारजस्ता अपराधको नियन्त्रण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । अपराध नियन्त्रणको क्षेत्रमा विद्यमान ऐन कानूनको अधिनमा रही सूचनाको आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले साझेदारी स्थापनाका लागि हातेमालो गरी अघि बढ्न नेपाल प्रहरी सदैव तयार रहेको बताए ।
बिहीबार सम्पन्न हुने उक्त फोरममा ३० भन्दा बढी राष्ट्रका आन्तरिक मामिलामन्त्री, प्रहरी प्रमुख र प्रतिनिधिले सुरक्षा साझेदारी र सहयोगका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न प्रतिबद्ध छौँ : अर्थमन्त्री थापा
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?