शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फोर्ड इकोस्पोर्ट २०२१ संस्करणको वुकिङ्ग खुल्ला, २०२० कै मूल्यमा पाइने

बुधबार, २४ मङ्सिर २०७७, १८ : १४
बुधबार, २४ मङ्सिर २०७७

काठमाडौं । जी.ओ. अटोमोबाइल्स (जी.ओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक विक्रेताले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण वुकिङ्ग खुल्ला गरेको छ ।  

सन् २०१३ मा विक्री शुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्रयागन सीरीज इन्जिन जडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्ट/श्रेणीमा नै खेल परिवर्तकको रुपमा आएको थियो ।

यसको शक्तिशाली प्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, परिस्कृत स्टाइल र उच्चतम प्रविधिले नेपालीका मन जितेका छन् । यसले लगातार नयाँ सुविधाहरु र प्रविधिहरुको साथ आफ्नो श्रेणी/सेगमेन्ट नै पुन: परिभाषित गर्दै आएको छ । 

फोर्ड इकोस्पोर्टमा ग्राहकको विश्वासको कारण मोडल २०२० सम्पूर्ण रुपमा विक्री भइसकेको छ तथा नयाँ मोडल २०२१ को लागि २०२० को मूल्यमा नै बुकिङ्ग खुल्ला गरिएको कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिको लागि मात्र उपलब्ध हुनेछ । 

सन् २०२१ संस्करण इकोस्पोर्ट भारत स्टेज भीआईमा आधारित  पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण मूल्यमा वुकिङ्ग खुल्ला गरिएको छ । यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल÷डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ । 

लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि. टीआई–भीसीटी पेट्रोल इन्जिन समावेश छ । जसले १२२ पीएस पावर र १४९ एनएम टर्क प्रदान गर्दछ । पेट्रोल इन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड अटोमेटिक ट्रान्समिशनमा उपलब्ध छ ।

इकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएसभीआईमा आधारित १.५लि. टीडीसीआई डिजल इन्जिन रहेको छ जसले १०० पीएस पावर र २१५ एनएम टर्क के प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ । 
यस ईकोस्पोर्टले आकर्षक बाहिरी बनावट, आरामदायी भित्री बनावट तथा स्टाइललाई कायम राखेको छ । साथै यो सन प्रुफ जडित भेरियन्टमा पनि उपलब्ध छ ।

२०२१ इकोस्पोर्टमा ग्राहकहरुको लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको छ । जस्तै:
-चालक र यात्रीको सुरक्षाको लागि ६ वटा सम्म एयरव्याग रहेको छ ।
-यसको माथिल्लो मोडेलमा मनोरञ्जन तथा कनेक्टिभिटीको लागि ८ ईन्चको टचस्क्रीनयुक्त  सिङ्क थ्री सिस्टम, एप्पलकार प्ले तथा एण्ड्रोइड अटो अनुकुलतामा टप–इन लाइन इकोस्पोर्ट भेरियन्ट उपलब्ध छ ।
-९ इन्च टचस्क्रीन–आधारित इन्फोटेनमेन्ट प्रणाली र सबैजसो भेरियन्टमा एम्वेडेड नेभिगेशन रहेको छ ।
-सवारी आरामदायी तथा सुविधाजनक बनाउन अरु धेरै उच्चतमप्रविधि जस्तै स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट÷स्टप, डी.आर.एल रेन सेन्सिङ्गवाइपर आदि,पाउन सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप