राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविता एउटै कृतिमा
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कवितालाई एउटै कृतिमा प्रकाशन गर्ने भएको छ । प्रतिष्ठानले २०२२ सालदेखि कविता महोत्सव सञ्चालन गर्दै आइरहेको छ । विसं २०२२ देखि २०४६ सम्म पुरस्कृत कवितालाई ‘कविता महोत्सवः पच्चीस वर्ष’ (२०४६) कृतिमा प्रकाशन गरिसकिएको छ ।
त्यसपछिका पुरस्कृत कवितालाई प्राडा हेमनाथ पौडेल, डा.देवी नेपाल र शशी लुमुम्बुको सम्पादनमा ‘राष्ट्रिय कविता महोत्सवः पुरस्कृत कविताहरू’ शीर्षकमा प्रकाशन गर्न लागिएको हो । विसं २०४६ देखि २०७६ सम्मको तीसवर्षे अवधिमा राजनीतिक परिवर्तनका कारण २०४७ सालमा एक वर्ष र प्राज्ञ परिषद् गठन हुन नसक्दा २०६३–२०६६ सालमा चार वर्ष गरी जम्मा पाँच वर्ष महोत्सव आयोजना हुन सकेको थिएन ।
पच्चीस वर्ष पुरस्कृत १२५ कविका कवितालाई एउटै कृतिमा प्रकाशन गर्न लागिएको काव्य विभाग प्रमुख तथा कृतिका सम्पादक प्राडा पौडेलले जानकारी दिए । “साहित्यकार तथा साहित्यप्रेमीलाई कुनकुन वर्ष कस्ताकस्ता कविता पुरस्कृत भएका थिए भन्ने बारेमा चासो हुनु स्वाभाविक हो”, उनले भने, “पुस्तक प्रकाशन गर्नाले नयाँ पुस्तालाई सिकाइ हुनाका साथै इतिहासको दस्तावेजीकरण गर्नमा समेत मद्दत मिल्छ ।” कृतिमा पुरस्कृत कवि र कविताका साथै र महोत्सवको समग्र इतिहासका बारेमा पनि उल्लेख गरिने अर्का सम्पादक प्राज्ञ डा नेपालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना