बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

भारतमा ‘केही हप्ता’ मा नै कोरोनाको खोपलाई अनुमति दिइने

बुधबार, २४ मङ्सिर २०७७, १६ : ०१
बुधबार, २४ मङ्सिर २०७७

भारतको स्वास्थ्य मन्त्रालयले ३० करोड मानिसलाई खोप दिने शुरुवाती योजना  तर्जुमा  गर्दै अबको केही हप्तामा नै कोभिड–१९ को खोपलाई अनुमति दिने घोषणा गरेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार तीन जना खोप निर्माता कम्पनीले भारतमा आपत्कालिन प्रयोगका लागि अनुमति मागेको छ ।

यसमा अस्ट्राजेनेका खोपको निर्माणको लाइसेन्स प्राप्त सेरम इन्सिटिट्युट, फाइजर र भारतीय खोप निर्माता भारत बायोटेक रहेका छन् । केन्द्रिय स्वास्थ्य सचिव राजेश भुषणले भने, ‘केहीले आगामी केही हप्तामा नै अनुमति पाउन सक्नेछन् ।’

भारतले शुरुवाती चरणको खोप दिने समूहमा १ करोड स्वास्थ्यकर्मी, प्रहरी र सेनासहित २ करोड फ्रन्टलाइन समूह र ५० वर्षमाथिका र कोभिड–१९ को जोखिममा रहेका बिरामीहरु गरेर २७ करोड जनसंख्या रहेका छन् । स्वास्थ्य मन्त्रालयले यसअघि सन् २०२१ को अगस्तसम्मा यो समूहलाई खोप दिने लक्ष्य राखेको थियो । भारतको जनसंख्या १.४ अर्ब जनसंख्या रहेको छ ।

भुषणले भारतले अहिलेकै खोप कार्यक्रम, जुन विश्वकै ठूलो हो, कै भरमा कोरोनाको खोप वितरण गर्नेछ । भारतमा हरेक वर्ष २.६ करोड शिशु र ३ करोड गर्भवती महिलालाई खोप दिइन्छ ।

स्रोतः अल जजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप